२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीज : किन बन्दैछ भड्किलो ?

अ+ अ-

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको रमझमले देशभरका शहर बजारमा चहलपहल बढेको छ । तीज प्रतिको मोह र आकर्षणले समय सीमा भन्दा अगाडी देखी नै तीज सुरु हुन गइरहेको छ । यसलाई एक प्रकारको चाड भन्दा पनि मनोरञ्जन गर्ने उत्सवको रूपमा मनाउन थालिएको छ ।

भगवान् शिवलाई आफ्नो बसमा पार्नको लागी माता पार्वतीले एक दिने निलहार बर्त बस्ने देखी लिएर अन्य विभिन्न मूल्य र मान्यताले भरिएको यो चाडलाई अहिले पश्चिमेली शैलीमा मनाउनेतर्फ नेपाली हिन्दु महिलाहरू नै लागी परेका देखिन्छन् । विभिन्न रोलक्रम अनुसार तीन दिनसम्म मनाइने यो पर्वलाई अहिले आएर एक महिना अगाडी देखी नै मनाउनु यसैको उपज हो भन्न सकिन्छ । चाड निकै तडकभडक बन्दै जान थालेपछि यसका नकारात्मक असरका बारेमा समाजमा चर्चा हुन थालेको छ । प्रशासनलेसमेत निगरानी बढाउँदै कतिपय अवस्थामा सार्वजनिक सूचनासमेत जारी गरेको देखिन्छ ।

विडम्बना नै मान्नुपर्छ, पूर्ण रूपले शुद्धता र हिन्दु संस्कारको परम्परालाई कायम गर्नु पर्ने यो पर्वको मान्यता रहँदै आएपनि विगत केही वर्षदेखी यसलाई मनाउने प्रकियाले कतै यसको मौलिकता नै त हराउने हैन भन्ने चिन्ता बढेको छ । धार्मिक परम्पराअनुसार तीन दिने पर्वलाई एक महिने क्यालेन्डर बनाएर मनाउन थालिएको छ । सामान्य तवरले शुद्ध पकवान तथा फलफुल खाएर भोलिपल्ट लिइने निलहार व्रतलाई स्वागत गर्ने मान्यता रहँदै आएको भए पनि अहिले आएर माछा, मासु र वाइन लगायत विभिन्न तामसी भोजन गरी यसको शुद्धतालाई नै नष्ट पार्दै लगेको देखिन्छ । पर्वको मान्यता र भोजनको शुद्धता नै चाडको मेन्युबाट हराई सकेको छ । परम्परा धान्ने भन्दा पनि यसलाई कसरी आधुनिकता तर्फ ढालेर मनाउने भन्नेतर्फ महिलाहरू लागि परेको देखिन्छ । जुन सोचचिय विषय हो ।

नारीहरूको विशेष पर्व तीजबारे अनेक थरी बहस सतहमा आईरहँदा यसबारे ठोस पहल भने कहीँ कतैबाट भएको देखिँदैन । केही सहरिया स्थानहरूमा प्रशासनले सूचना जारी गर्दै मौलिकता सहितको तीज मनाउन आग्रह गरे पनि व्यवसायी तथा स्वयं महिलाहरू नै यसको विरुद्धमा रहेको देखिन्छ । तीजको अधिल्लो दिन आफ्नो घरमा सबै परिवार, साथीहरू जम्मा भएर जे छ मिठो मसिनो त्यसैमा आनन्द लिई शुद्ध शाकाहारी भोजन ग्रहण गर्नु पर्ने यसको मौलिकतालाई परिवर्तन गर्दै होटेल, क्याफे, पार्टिप्यालेस तथा रेष्टुराहरुमा आधुनिक मेन्युमा रमाउने गरेको देखिन्छ । कतिपय ठाउँमा अहिले धर्मको नाममा व्यापार, संघ-संस्थाको नाममा टिकट बेचेर होटेल, पार्टी प्यालेस, रेस्टुरेन्ट बुकिङ गरी तडकभडक तडकभडक मच्चाउन थालेका छन् ।

तडकभडक तडकभडक गर्न नपाइने भनेर कतिपय जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरे पनि कतिपय ठाउँमा भने तीज आउनु हप्ता दिन अघि नै स्वयं सिडीओ नै महिलाहरूको बिचमा गएर छमछमी नाच्नु अनि महिलाहरूले नि पुरुषलाई समावेश नगराई कार्यक्रम नै समापन नहुनु तीजमा आएको विकृति होइन र ? महिलाहरूको विशेष पर्व तीज तथा नारी दिवसमा पुरुषलाई मञ्चमा नउभ्याइकन कार्यक्रम समापन गर्न नसक्ने महिला दिदी बहिनीहरू पुरुष भन्दा हामी माथि पुग्न सक्छौ भनेर भन्नु पनि बेकार भएन र ! यसको अर्थ पुरुषको सहभागिता हुनै हुँदैन तथा गराउनै हुँदैन भन्ने होइन तर महत्त्व भन्दा पनि बाहुल्यता देखाउनुले कदापि त्यसको ओज रहन सक्दैन । केही समय अघि एउटा महिलासम्बन्धी आयोजित सार्वजनिक कार्यक्रममा मञ्च सबै पुरुषै पुरुषले भरिएर एकजनासम्म महिला नभएको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

कसरी मनाउने भन्दा पनि अरूको भन्दा पृथक कसरी बन्ने सोचमा लागेका नेपाली महिलाहरूले नै तीजलाई भड्किलो बनाउँदै लगेका हुन् । पर्वका नाममा हुने तडकभडक हेर्दा लाग्छ, हुने खानेले मनाउने चाडमा परिवर्तन गरिँदै छ तीजलाई । क्षणिक तामझाममा रमाएर आफ्नो मौलिकता नै मास्दै गएपछि एक दिन यसको पहिचानबारे नै प्रश्न नउठ्ला भन्न सकिँदैन । यसबारे हामी महिलाहरूले नसोचे कसले सोच्ने ?

प्रतिक्रिया दिनुहोस