२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासनका आधार नौ ‘नि’

अ+ अ-

संघ संस्थाहरू विभिन्न उद्देश्य राखेर सञ्चालन गरिन्छ । लक्षित उद्देश्य हासिल गर्नको लागि संस्थाको व्यवस्थापकीय पक्ष सबल र सफल हुनुपर्दछ । भौतिक साधनस्रोतको उच्चतम प्रयोग गरी तोकिएको लक्ष्य उदाहरणीय रूपमा हासिल गर्नको लागि संस्था भित्र कार्यरत मानवीय साधन स्रोतको भूमिका अहम हुन्छ । पेसाप्रति समर्पित जिज्ञासु र आफूमा भएको ज्ञान सीपलाई निरन्तर परिमार्जन र परिष्कृत गर्दै जाने दृढ इच्छाशक्ति भएको इमानदार पेसाकर्मीबाट मात्रै संस्था फस्टाउने कुरामा दुई मत नहोला । दक्ष जनशक्तिलाई संस्थाभित्र भित्र्याउन तथा उनीहरूलाई संस्थाको हितमा दत्तचित्त भएर लाग्न अभिप्रेरित गर्न सकेमा व्यवस्थापन पक्ष सफल भएको मानिन्छ ।

अतः व्यवस्थापनको कुशलता तथा जनशक्ति(पेसाकर्मी) हरूको योग्यता,समर्पण,उच्च मनोबलका साथ इमान्दारीपूर्वक पेसागत धर्म निरन्तर निर्वाह गर्ने जनशक्ति भएको संस्थाको भविष्य उज्ज्वल हुन्छ । जसका लागि पेसाकर्मीको योग्यता क्षमतालाई परिष्कृत परिमार्जित गर्दै उनीहरूमा अन्तर्निहित प्रतिभाको भरपुर उपयोग संस्थाको हितको लागि गर्न उत्प्रेरित एवं उत्साहित बनाउनु पर्ने हुन्छ । यसैलाई मध्यनजर राखेर संस्थाका जनशक्तिको पेसागत उत्कृष्टताका लागि नौ ‘नि’ नीतिज्ञता, निर्दिष्टता, नियमितता, निष्ठता, निस्वार्थता, निस्ङकोचता, निष्कलंकता, निर्भिकता, निष्पक्षता लाई सूत्रको रूपमा यहाँ पस्कने प्रयास गरिएको छ । यी पक्षहरूको प्रयोग सावधानीपूर्वक स्वयं पेसाकर्मी र संस्थाबाट कतिको अवलम्बन भएको छ, भनी चनाखो भईराखेमा प्रयोगकर्ताको प्रगति र प्रतिष्ठा बढाउन उल्लेख्य भूमिका खेल्ने अपेक्षा गर्नु अन्यथा नहोला । अतः कुनै पनि संस्था र निकायले सुशासनको प्रवद्र्धन गर्न अत्यावश्यक पर्ने पारदर्शिता, विकेन्द्रिता, सहभागिता,समावेशिता, जबाफदेही तथा विधिको शासन जस्ता आधारभूत पक्षलाई अर्थपूर्ण बनाउन समेत प्रस्तुत नौ “नि” कोसेढुङ्गा साबित हुने छ ।

नीतिज्ञता आफूले अङ्गालेको पेसाका सैद्धान्तिक तथा व्यावहारिक धरातल एवं आधार र आचरणको बारेमा स्पष्ट धारणा भएको जनशक्ति हुनुपर्दछ । संस्थाको सफलताको लागि लगनशील र समर्पित तथा अनुशासित जनशक्तिको खाँचो पर्दछ । कार्यरत संस्थाको उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिएको आधारभूत सिद्धान्तका बारेमा स्पष्ट जानकारी राख्दै पारंगत हुनुपर्दछ तब मात्रै संस्थाको उद्देश्यपूर्ती गर्न पेसाकर्मी सक्षम हुन्छ । दृढ इच्छा शक्तिका साथ भूमिका निर्वाह गर्न पनि आफूले अङ्गालेको पेसाको कार्यसम्पादनको विधि र प्रक्रियाका बारेमा यथेष्ट जानकारी राख्नुपर्दछ । अन्यथा कुहिरोको काग हुन बेर लाग्दैन ।

साथै कञ्चन आचरण, आचार संहिता, सङ्गठन संस्थाको उद्देश्यपा्रप्तिको लागि सरकार वा संस्थाले आफ्नो कार्यसंचालनका लागि अङ्गाल्ने उपाय, युक्ति आधारभूत सिद्धान्त, एवं नीति नियमको आधारमा चल्ने कर्मचारीबाटमात्र संस्थाको विकास र विस्तारको अपेक्षा गर्न सकिन्छ ।

निर्दिष्टता एकातिर संस्थाको उद्देश्य प्राप्तिमा मन वचन र कर्मले समर्पित जनशक्तिको आवश्यकता पर्दछ भने अर्कातर्फ संस्थाले भिजन, मिसन र  स्ट्याटजीको बारेमा कार्यरत सबै कर्मचारीलाई प्रशिक्षित गराउनुपर्दछ । संस्थाको उद्देश्यप्रति सदैव अजुर्नदृष्टि राख्ने हौसला भएका कर्मचारीबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ। साथै उनीहरूमा संस्थाप्रति स्वामित्वको अनुभूति गराउनु पर्दछ,। यसले अपनतत्वको भावनाको विकास हुन्छ भने कार्यशैलीमा इफिसेन्सी र इफेक्टिभनेस ल्याउँछ । पेसाकर्मीको वृतिविकास,अनुगमन मूल्याङ्कन प्रभावकारी र प्रभावशाली बनाउँदै उसको उच्च मनोबल र दृढ इच्छाशक्तिलाई संस्थाको हितमा प्रयोग गर्नको लागि प्रोत्साहित गर्ने वातावरण बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

नियमितता तोकिएको समयभित्र मितव्ययीरुपले सुगमतापूर्वक लक्ष्यमा पुग्नको लागि कार्यशैलीमा नियमितता र निरन्तरता हुनुपर्दछ । कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने बानीको विकास गर्नुपर्दछ । पारदर्शी एवं सहभागितामूलक सहमतिमा आचारसंहिता लागू गर्नुपर्दछ । व्यक्तिभन्दा विधिको शासनलाई प्राथमिकता दिन चुक्नु हँुदैन । कार्य सम्पादनमा चुस्त दुरुस्तता ल्याउन नियमित कार्यसम्पादनमा विशेष ध्यान दिनुपर्दछ । हाम्रोलाई भन्दा राम्रोलाई प्रोत्साहित गरिनुपर्दछ । जसको लागि कार्ययोजनाको नियमित मूल्याङ्कन, निर्णय प्रक्रिया तथा अनुगमन निरीक्षणको सार्थकता साथै कार्यदक्षता को आधारमा पुरस्कार र दण्डको व्यवस्थालाई सावधानीपूर्वक अवलम्बन गरेमा नियमिततालाई प्रवद्र्धनगर्न सघाउ पु¥याउदछ।

निष्ठता आफूले अँगालेको पेसाप्रति श्रद्धापूर्वक आस्था र विश्वास राख्दै पेसागत धर्म निर्वाहमा समर्पित हुनुलाई निष्ठापूर्वक लागेको मान्न सकिन्छ । पेसागत प्रतिष्ठालाई सर्वेापरी मानी निर्दिष्ट कानुन अनुरूपको कार्यशैलीलाई अपनाउनाले कार्यरत संस्थाको प्रतिष्ठा र सफलतालाई अभिवृद्धि गर्दछ । जसले अब्बल र सफल पेसाकर्मीको रूपमा स्थापित हुन टेवा पु¥याउदछ । आफूले अँगालेको पेसा प्रति अनास्थापूर्वक वदखुवाई तथा निराशा जाहेर गर्नाले सेवाग्राहीको विश्वास गुमाउन पुगिन्छ । जुन एक सफल संस्था र पेसाकर्मीको लागि गम्भीर विषय बन्न पुग्दछ । कार्य क्षमता मापनमा पराक्रम भन्दा चाकडीको परिक्रमाले प्रश्रय पाएको वर्तमान टीठलाग्दो यथार्थतामा घनिष्ठतालाई जतन गर्न चुनौती छ । त्यस कारण पेसा अँगाल्नु पूर्व राम्रो सोचविचार गर्नुपर्दछ । पेसामा प्रवेश गरी सकेपछि निष्ठापूर्वक पेसागत धर्म निर्वाह गनिपर्दछ । अन्यथा आफू र संस्था प्रति बेइमानी गरेको ठहर्छ ।

निस्वार्थता आफ्नो व्यक्तिगत लाभहानीलाई भन्दा पनि संस्थाको नीति नियमको परिधिभित्र रहेर सेवाग्राही तथा संस्थाको लागि समर्पित, परोपकारी भावना बाट प्रेरित भई कार्यसम्पादन गर्ने बानीबाट लोकप्रियता कमाइन्छ भने स्वाभिमानी भई समाजमा प्रतिष्ठित नागरिकको रूपमा जीवनयापन गर्न बल पुग्नाले मानसिक शारीरिक विकास एवं आत्म सन्तृष्टी हुने यथार्थलाई नकार्न सकिन्न । खस्कँदो सदाचार वर्तमान अवस्थामा कर्मचारीको छवि सुधार्नु पहिलो प्राथमिकतामा पर्दछ । सबै क्षेत्रमा चाकडीमा रमाउने कमिसनमा कमाउने स्वार्थी मनोवृत्तिले गाँजेको वर्तमान परिप्रेक्ष्य निस्स्वार्थ बन्न र बनाउन ठुलै त्याग र तपस्याको खाँचो पर्दछ ।

निसंकोचता आफूमा भएको प्रतिभा वा मनमा लागेको कुरालाई आवश्यकता अनुसार विना हिचकिचाहट निर्धक्क राख्ने साहस गर्नाले व्यक्तित्वको विकास हुन्छ । निर्धक्कसँग आफ्ना कुरा राख्ने वातावरण हुँदा संस्थाले आफ्नो कर्मचारीको धारणा बुझी उनीहरूको चाहना अनुरूप व्यवस्थापन गरी अधिकतम लाभ लिन सक्छ । त्यसैले पेसाकर्मीले पनि आफ्नो कमी कमजोरी र सबल पक्ष पहिचान गरी सुधार्ने मौका मिल्दछ । सेवाग्राही वा अन्यबाट प्राप्त प्रतिक्रियाको आधारमा आफ्नो कमी कमजोरीलाई समयमानै सच्याउन पाइन्छ । जसले आफ्नो योग्यता क्षमतालाई अरू परिष्कृत गर्न अवसर मिल्दछ । भनाई पनि छ बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल बिक्दैन । तसर्थ आफ्नो प्रतिभाको प्रदर्शन गर्नाले पनि पेसागत उत्कृष्टता लाई सशक्त बनाउन होस्टे मा हंैसे गर्दछ ।

निस्कलंकता भनिन्छ ; प्रतिष्ठा आर्जन गर्नभन्दा त्यसलाई निष्कलङ्क राख्न चुनौतीपूर्ण हुन्छ । बग्रेल्ती जताततै अनुशासनहीन काम भई राखेको वर्तमान अवस्थामा त निष्कलंकतालाई जतन गर्न झन् कठिन भएको छ । एक सभ्य सुशील एवं स्वाभिमानी आदर्श नागरिक बन्नको लागि उसको चरित्र तथा व्यक्तित्वमा कुनै किसिमको दाग लाग्न दिनुहुँदैन । सार्वजनिक पेसाकर्मीले त झन् चनाखो हुनुपर्दछ । सामाजिक प्रतिष्ठालाई उदाहरणीय बनाउन विकृति, विसंगति, लोभ, लालचा त्यागी व्यवहार र आचरणमा निर्बलता ल्याउन सदैव प्रयत्नशील रहनुपर्दछ । कुनै पनि प्रलोभनमा परेर आफ्नो आदर्श र नैतिकतालाई दाऊ मा राख्नु हुँदैन । सेवाग्राहीको विश्वास जित्न काइते बानीलाई ढिम्किन नदिई मन बचन कर्मले लाग्नु पर्दछ । स्वच्छ, उदार र कञ्चन हृदय भएको हुनुपर्दछ । जसले गर्दा अरूको आस र त्रासमा बाँच्नुपर्ने बाध्यता पर्दैन ।

निर्भिकता आफूलाई लागेको सान्दर्भिक विषय वस्तु तथा जिज्ञासालाई निर्भिकभई प्रस्तुत गर्नाले आफ्नो बौद्धिकतालाई अद्यावधिक गर्दै परिमार्जन एवं परिष्कृत गर्न योगदान पु¥याउदछ । यसबाट आत्मसन्तुष्टि प्राप्त भई दृढ इच्छाशक्ति एवं उच्च मनोबल बनाउन मद्दत गर्दछ । निर्भिकता कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न आवश्यक पहिलो सर्त हो । यो संसार सुराहरूको हो र इतिहास निर्माण कायरले गदैनन । त्यस कारण पेसागत उत्कृष्टता हासिल गर्न आफ्नो योग्यता क्षमता लाई उचित ठाउँमा निर्भिकतासाथ हाकाहाकी राख्ने आँटिलो बानीको विकास गर्न पछि पर्नु हुँदैन । निर्भीक हुनाले आफ्नो मनको कुण्ठालाई माझ्न, भ्रमलाई चिर्न र उत्साही बन्न थप ऊर्जा प्रदान गर्दछ । स्पष्टबक्ता सुखिभवेत भन्ने भनाइको तात्पार्य पनि यही हो ।

निष्पक्षता आफ्नो कार्यसम्पादनमा कुनै पनि प्रकारको प्रलोभनमा नपरी र वा नाता गोता आदिको आफ्नो कार्य सम्पादनमा प्रभाव नपारी तटस्थतापूर्वक कार्यसम्पादन गर्नु लाई निष्पक्षता भनिन्छ । विकृति विसङ्गति र स्वार्थी सोच र संस्कारले गाँजेको वर्तमान परिवेशमा निष्पक्षतालाई मन्त्र ठानेर निर्णय प्रक्रिया टुग्याउने प्रवृत्तिको विकास गर्नु चुनौती भएको छ । त्यस कारण आफ्नो काम कारबाहीमा हाम्रा भन्दा राम्रालाई प्राथमिकता दिई पारदर्शिता, व्यक्तिकोभन्दा विधिको, नेता भन्दा नीतिको प्रशासन चलाउने उच्च आदर्श बाट प्रेरित हुन सकेमा निष्पक्षता कायम गराउन बल पुग्दछ । यसले सेवाग्राहीसँग चिरञ्जीवी आत्मीय सम्बन्ध कायम राख्न र उनीहरूको विश्वास जित्न सक्नु पर्दछ । त्यस्तै अनुगमन, निरीक्षण, पुरस्कार र दण्ड को व्यवस्थाले पनि निष्पक्षतालाई प्रवद्र्धन गर्न सघाउ पु¥याउदछ ।

निष्कर्षमा भन्नुपर्दा पेसाकर्मीले आफ्नो पेसागत धर्म निर्वाह गदै सर्वोत्कृष्ट बन्ने दृढ इच्छाशक्ति राखेर मन वचन र कर्मले समर्पित हुनुपर्दछ । प्रशासन र कार्य सम्पादन मायाले भन्दा पनि न्यायले चल्नुपपर्छ । साथै हाम्रोभन्दा राम्रो पेसाकर्मीलाई प्रोत्साहित गर्ने मान्यताबाट निर्दिष्ट जनशक्तिबाट मात्रै कुनै पनि संस्थाको भविष्य उज्वलहुन्छ भन्दा अत्युक्ति नहोला । अतः. उल्लिखित नौ नि ले पेसाकर्मीलाई पदीय सफलता हासिल गरेर अब्बल र उदाहरणीय व्यक्तित्व विकास गर्न मार्ग दर्शनको भूमिका खेल्ने छ भन्ने अपेक्षा राखेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको हो ।

प्रतिक्रिया दिनुहोस