काठमाडौँ । धनगढीको सहिद गेटनजिक रहेको निलम होटलमा बिहीबार साँझ विस्फोटन हुँदा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतकाअनुसार घाइते हुनेमा होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका रामबहादुर सिंह, मोविन खान,जितेन्द्र यादव र लक्ष्मण सेरेला रहेका छन् ।
घाइते सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी अधिकारीकाअनुशार घटनास्थलमा एउटा ९ एमएमको चाइनिज पेस्तोल फेला परेको छ ।