२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । ‘लोकतन्त्रका नाममा गलत संस्कार र प्रवृत्तिलाई बढावा दिन लागिएको छ । त्यो कदापि क्षम्य हुन सक्दैन । आज जुन प्रवृत्ति देखा परेको छ, यसले लोकतािन्त्रक अभ्यास अगाडि जान सक्दैन । यो गम्भीर अवस्था हो’, प्रधानमन्त्रीले भने ।

लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, जनताको शासन, सार्वभौसत्ता, राष्ट्रियहित, जनअधिकारलाई खण्डित बनाउन केही तत्व लागिपरेको प्रधानमन्त्रीको भनाइ थियो । “घोर दक्षिणपन्थी र घोर वामपन्थी शक्ति एकजुट भएका छन् । यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता हुनुपर्नेमा जुन स्तरको व्यवहार देखाउन खोजिएको छ । त्यसले कोही कसैको हित गर्न सक्दैन”, प्रधानमन्त्रीले भने ।

मन्त्रिपरिषद्का सदस्य, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल लगायतलाई सँगै राखेर आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले पछिल्ला दिनमा देखा परेको प्रवृत्तिले लोकतान्त्रिक अभ्यास चल्न नसक्ने स्पष्ट पारे ।

अहिले गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी भएको उनले बताए । यसप्रति सजक हुनुपर्ने लोकतान्त्रिक शक्तिको एकता विथोल्न कांग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लागेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिल्ने नीतिकै कारण विसं २०१७ को घटना भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अरुले सत्तामा जाने नहुने, आफू मात्रै हुनुपर्ने, अरु सबै प्रताडित हुनुपर्ने भन्ने जुन व्यवहार देखा परेको छ । त्यसले कोही कसैको हित गर्दैन ।’

जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीचको एकता र सहकार्य आवश्यक भए पनि प्रमुख प्रतिपक्षी दल नै असंसदीय र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न लागिपरेको उनको टिप्पणी थियो ।

आफ्नो पार्टी र वर्तमान सरकार अरु कसैले फुत्त दिएको लोकतान्त्रिक व्यवस्थामा नआएको भन्दै प्रधानमन्त्रीले बलिदान, त्याग र शहादत गरेर, लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर संघर्ष गरेर आएको प्रधानमन्त्रीको भनाइ थियो । वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको भन्दै प्रधानमन्त्रीले त्यसलाई कसरी विथोल्न सकिन्छ कि भनेर पनि केही तत्व लागिपरेको भन्दै उनले आवेग र उत्तेजनाले काम नगर्ने उल्लेख गरे ।

वर्तमान सरकार जनताको सरकार भएकाले जनताको जायज मागलाई अक्षरशः पूरा गर्ने र कार्यान्वयन गर्नेसमेत प्रधानमन्त्रीको दृढता थियो । लोकतान्त्रिक मूल्यमान्यतामा असन्तुष्टि र गुनासालाई सम्बोधन गर्ने नाममा आन्दोलन नै गर्नु नपर्ने उनको भनाइ थियो । ‘वर्तमान सरकार लोकतन्त्रको मूल्यमान्यतालाई अक्षरशः पालना गर्छ, प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासनलाई सम्मान गर्छ । यो जनताको सरकार हो । केही व्यक्ति वा समूहले विरोधका लागि विरोध गर्ने प्रवृत्ति बोकेर जनतालाई भ्रम दिन खोजेका छन् । त्यो कदापि पूरा हुँदैन ।’ प्रधानमन्त्री ओलीले संघीयताविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीप्रति खेद व्यक्त गरे ।

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको दायित्व हो भने। जनपक्षीय शक्तिलाई देखी नसहने कारणले विसं २०१७ आएको प्रधानमन्त्रीले स्मरण गराए ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रियहितप्रति सरकार अत्यन्तै सजग भएको बताए । ‘वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा संघर्ष गरेर आएको हो’, उनले भने, ‘अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।’ सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पारे ।

गुठीको संरक्षणमा सरकार क्रियाशील

प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनःगठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताए । ‘अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु”, उनले भने, ‘यहाँ त एउटा हरियो स्याउलोभित्र हजार वटा हरेउ देखापरे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैँची लिएर बसेका छन् ।’

भूमि व्यवस्था तथा सहकारी मन्त्रीले गुठी विधेयक फिर्ता लिएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘यसको म दृढ समर्थन गर्दछु ।’ आजै साँझ पत्रकार सम्मेलन गरेर भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा पेश गरिएको गुठीसम्बन्धी विधेयक फिर्ता लिएका थिए ।

नेपाली भाषा बिग्रेकामा चिन्ता छ

प्रधानमन्त्रीले केही सञ्चारमाध्यमले नेपाली भाषा बिगारेकामा चिन्ता लागेको बताए । नेपाली सामज शिष्ट, सभ्य र मर्यादित समाज भएकाले यसको भाषा बिग्रनु आफैँमा चिन्ताको विषय भएको उनको जोड थियो । ‘हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो’, प्रधानमन्त्रीको भनाइ थियो ।

सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चारमाध्यम पनि त्यतै बरालिएकामा प्रधानमन्त्रीले गुनासो गरे । नेपाली भाषामा आदरार्थी शब्द पनि भएको भन्दै उनले भाषा बिगारेकामा असन्तुष्टिसमेत जनाए ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गरे। “सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारका क्षेत्रमा सङ्क्रमणकालीन अवस्थामा छौँ, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो”, प्रधानमन्त्रीले भने, ‘हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ तर हाम्रा सञ्चारमाध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।’ रासस

प्रतिक्रिया दिनुहोस