७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ दिवसिय ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ हुने

अ+ अ-

काठमाडौं । ‘तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ आयोजना हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघकोले यही जेठ २४, २५ र २६ राष्ट्रिय सभागृह काठमाडौंमा ३ दिवसिय ‘आदिवासी चलचित्र महोत्सव’ आयोजना गर्न लागेको हो ।

बुधबार साँझ आयोजित पत्रकार सम्बेलनमा आयोजक महासंघले नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक देश भएकाले आदिमकालदेखि बसोबास गरिरहेका आदिवासीहरुको संस्कार सँस्कृतिमा आधारित चलचित्रको प्रदर्शन गर्न महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

२०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि अहिलेसम्म झण्डै ७०० सय भन्दा बढी कथानक आदिबासी चलचित्र र ५०० भन्दा बढी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भएका छन् । ति चलचित्रको प्रचार र निर्माणमा हौसला प्रदान गर्न महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवमा आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र गरि २० वटा आदिबासी जनजाती प्रदर्शन गरिनुका साथै आदिबासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु रहने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस