७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्फोटमा विप्लव समूहको संलग्नता, घाइते चारको परिचय खुल्यो

अ+ अ-

काठमाडौं । तीन जनाको ज्यान जाने गरी आज अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे । सो घटनामा तीनको मृत्यु र छ जना घाइते भएका छन् ।

नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर पड्किएको नपाइएको बताएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘दुवै ठाउँमा ग्यास सिलिण्डर पड्किएको पाइएको छैन, घट्टेकुलोमा त पक्का भइसक्यो, यताको पनि अनुसन्धानमा टोली खटाएका छौँ, टोलीले अनुसन्धान गरिरहेको छ ।’

अपराह्न करीब ४ बजे भएको विस्फोटनमा परी तीन जनाको मृत्यु भएको हो । घट्टेकुलोको सङ्गम गल्लीमा भएको विस्फोटमा एक र सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको हो ।

उता सुकेधारास्थित एक जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो । उनीहरुको पहिचान खुलेको छैन । अहिलेसम्म घाइते भएका छमध्ये चार जनाको परिचय खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रबिन केसी रहेका छन् ।

उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । दुई घाइतेको परिचय खुलेको छैन ।

प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार घट्टेकुलो बम विस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठमा भएको सामानमा समेत क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालीमप्राप्त टोली परिचालन भएको छ ।

प्रत्यक्षदर्शी शौरभ भट्टराईले ठूलो आवाजका साथ विस्फोट भएको र घरको गारोसमेत चर्किएको जानकारी दिए। विस्फोटमा परेर निधन भएका केसीको शरीर क्षतविक्षत अवस्थामा सुरक्षाकर्मीले फेला पारेको थियो । दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस