१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधनको माग

अ+ अ-

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले संघीय संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन गरी मिडियामैत्री बनाउनुपर्ने माग गरेका छन् ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज यहाँ आयोजना गरेको अन्तरक्रियाका वक्ताले सो विधेयक संविधानको मर्म विपरीत रहेको भन्दै संशोधन गर्न माग गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिलसम्बन्धी र नागरिकतासम्बन्धी विधेयक यथास्थतिमा नभई परिमार्जन भएर मात्रै पारित हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार इतिहासमै बलियो सरकार भए पनि जनताको चाहनाअनुरुप काम गर्न नसकेको टिप्पणी गरे । उनले पनि सो विधेयक स्वतन्त्र पत्रकारिताको विरोधी भएको भन्दै संशोधनको माग गरे । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकको समस्या सम्बोधन नगरेसम्म मानवअधिकारको सम्मान नहुने धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले ल्याएको मिडियासम्बन्धी विधेयक अहिलेकै अवस्थामा पारित हुने हो भने जनताले लोकतन्त्रको महसुस गर्न सक्दैनन् भने ।

संघीय संसद्मा दर्ता भएको विधेयकमा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चारमाध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई रु २५ हजारदेखि रु १० लाखसम्म जरिवाना गर्न सक्नेछ भनी भनिएको छ ।

विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिताविपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराइदिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले संवैधानिक सीमाभित्र लोकतन्त्रलाई बाँधेर राख्न नहुने बताउँदै संविधान परिमार्जन गर्न सकिने दस्तावेज भएकाले आवश्यकतानुसार संशोधन गर्न सकिन्छ भने ।

प्रतिक्रिया दिनुहोस