७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजापुर सबस्टेशन सञ्चालनमा, २० हजारलाई विद्युत् सेवा

अ+ अ-

नेपाल विद्युत् प्राधिकरणलाई बर्दियाको राजापुर क्षेत्रमा सधैँ सहज विद्युत् आपूर्तिका लागि चुनौती हुन्थ्यो । स्थानीयवासीको एउटै गुनासो हुन्थ्यो–प्राधिकरणले हामीलाई सौतेलो व्यवहार ग¥यो र भरपर्दो विद्युत् उपलब्ध गराएन ।

लामो प्रसारण लाइनका कारण सामान्य हावा हुरी चल्दा पनि विद्युत् प्रवाह काटिँदा मोबाइल फोन चार्ज गर्नसमेत समस्या हुने गरेको थियो । स्थानीयवासीले राजापुर क्षेत्रमा नै सबस्टेशन निर्माण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणलाई लामो समयदेखि आग्रह गर्दै आएका थिए । लामो समयदेखिको स्थानीयवासीको माग सम्बोधन भएको छ ।

विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको रु नौ करोड ३६ लाखको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट क्षमताको राजापुर सबस्टेशन बुधबारदेखि सञ्चालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करीब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् । नयाँ सबस्टेशन सञ्चालनमा आएपछि स्थानीयवासीसमेत हर्षित हुने प्राधिकरणको विश्वास छ ।

कैलालीको टीकापुरबाट राजापुरसम्मको करीब २० किलोमिटर ३३ केभी क्षमताको प्रसारण लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई जानकारी दिए ।

‘पहिले राजापुर क्षेत्रमा टीकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दूरीबाट लाइन लगिएकाले भोल्टेज तलमाथि हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए । ती सबै समस्या समाधान हुने भएका छन्’, कार्यकारी निर्देशक घिसिङले भने ।

टीकापुरबाट ३३ केभी क्षमताको प्रसारण लाइनबाट राजापुर सबस्टेशनमा विद्युत् जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीमा हुने प्राविधिक चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वसनीयता बढ्ने प्राधिकरणको बुझाइ छ ।

राजापुर सबस्टेशनमा ३ फिडर राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरबाट विद्युत् आपूर्ति गरिएको प्राधिकरणका नेपालगञ्ज क्षेत्रीय कार्यालयप्रमुख मनोजकुमार सिंहले जानकारी दिए । प्राधिकरणले सबस्टेशन निर्माणका लागि आव ०७१/७२ मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२ को असारदेखि कार्यान्वयनमा आएको थियो ।

प्राधिकरणले विद्युत्को पहुँच बढाउँदै गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेशनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ ।

चालू आर्थिक वर्षमा मात्रै झापाको घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शीतलपाटी, जाजरकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायतका सबस्टेशन सञ्चालनमा आइसकेको प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ ।

चालू आवभित्रै कूल छ सय सर्किट किलोमिटर प्रसारण लाइन र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन् । प्राधिकरणले पछिल्लो एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेशनको निर्माण सम्पन्न गरेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागिसमेत नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेशनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेशन बनाउनेलगायतका काम गरिरहेको छ ।

यस्तै प्राधिकरणले हालै मात्र त्रिशूली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन र १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस