८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो शुरु, बहुमूल्य वस्तुको प्रवर्द्धन र प्रशोधन गरिन्छ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । नेपालमा पाइने बहुमूल्य रत्न, आभूषणको सम्भावना उजागार तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो–२०१९’ आयोजना गरिएको छ ।

खानी तथा भू–गर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्तरुपमा लैनचौरस्थित खानी तथा भू–गर्भ विभाग परिसरमा आयोजना गरेको उक्त एक्स्पोमा नेपालमा पाइने बहुमूल्य रत्न, आभूषण, परम्परागत तथा आधुनिक गरगहनाको प्रदर्शनी गरिएको छ ।

‘नेपाल रत्न आभूषण, विश्व बजारमा आकर्षण’ नाराका साथ आयोजना गरिएको सो एक्स्पोमा रत्न तथा आभूषणको व्यापार विस्तार तथा व्यावसायिक साझेदारीका विषयमा समेत छलफल गरिनेछ । एक्स्पोबाट निर्यात विस्तार गरी बाह्य व्यापारमा सन्तुलन कायम गर्न र आभूषण क्षेत्रमा स्वदेशी कच्चा पदार्थको प्रयोग बढाइ आयात प्रतिस्थापन गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।

एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रचूर सम्भावना बोकेको रत्न तथा आभूषणको उत्खनन्, प्रशोधन, प्रवर्द्धन र निर्यात गर्न सरकारले ध्यान केन्द्रित गरेको बताए। पूर्खाले परम्परागतरुपमा पत्थर चिनेर गहना बनाएर लगाएको इतिहास पाइएको उल्लेख गर्दै उनले नचिनेर खेर गइरहेको बहुमूल्य वस्तुको सरकारले प्रशोधन गर्ने बताए ।

उनले भने, ‘हाम्रा पहाडमा पाइने पत्थरलाई आधुनिकीकरण गर्न जरुरी छ, बहुमूल्य रत्नलाई विदेश लैजानुपर्ने भन्ने छैन, ती पत्थरबाट हामी आफैँ गरगहना बनाउन सक्छौँ ।’ रत्न तथा आभूषणको उत्खनन गरेर रोजगारी अभिवृद्धि हुने र निर्यात प्रवर्द्धन गरेसँगै अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा आभूषणको क्षेत्रमा फड्को मार्नुपर्ने बताए ।

विभिन्न प्रकारको पत्थरको उत्खनन फ्रशोधन, बिक्रीवितरण र निर्यात गर्न सरकारको नीति तथा कार्यत्रमले सम्बोधन गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘सरकारले यसलाई महत्व दिएको छ, नीति कार्यक्रम र आउन लागेको बजेटले पनि सम्बोधन गर्नेछ । सरकार व्यवसायीको साथमा छ, तपाईंहरु ढुक्कसँग अगाडि बढ्नुहोस् ।’

रत्न तथा आभूषण व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताएका छन् ।

‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले यसको प्रचारप्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्दछ ।’ नेपाल प्राकृतिकरुपमा निकै धनी मुलुकका रुपमा रहेको औँल्याउँदै उनले खोज, अध्ययन, अनुसन्धान, उत्खनन, प्रशोधन हुन जरुरी छ भने ।

स्वदेशमै उत्पादित बहुमूल्य रत्नबाट जनता सन्तुष्ट भएपछि गरगहना आयातको जरुरी नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली गहनाले बजार पाएपछि निर्यात बढ्ने र अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने बताए ।

बहुमूल्य रत्न तथा आभूषणको उत्खनन, प्रशोधन, निर्यातमा एक्स्पोले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले एक्स्पोमा देखाइने प्रदर्शनीले आम जनतामा आकर्षण र विश्वास बढाउने बताए ।

प्रधानमन्त्रीले भने, ‘एक्स्पोमा हुने छलफलले नेपाली रत्न तथा आभूषणसम्बन्धी उद्योगलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सहयोग गर्नेछ, मेलाले ज्ञान, प्रविधि, आम्दानी, व्यवसाय, समृद्धिको अभिवृद्धि गर्न मद्दत पुर्‍याउनेछ ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार तथा निजी क्षेत्रको सहभागिताबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा सम्भव हुने उल्लेख गर्दै सरकार–निजी क्षेत्रको साझेदारीका रुपमा एक्स्पो आयोजना गरिएको बताए ।

उनले नेपालमा रत्न तथा आभूषणको प्रचूर सम्भावना भए पनि पहिचान गर्न नसक्दा गिट्टी ढुङ्गाका नाममा खेर गइरहेको र उच्च मूल्यमा विदेशबाट आयात गर्नुपरेको बताए ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले नेपालमा पाइने बहुमूल्य रत्न विगतमा गिट्टीका रुपमा बाहिरिने गरेको स्मरण गर्दै अबदेखि सरकारले एक चरणको प्रशोधन नगरी निर्यात नगर्ने नीति लिएको बताए । सरकारले रत्न तथा आभूषणको प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको उनको भनाइ थियो ।

नेपालको परम्परागत र मौलिक गरगहनालाई अन्तर्राष्ट्रियकरण गर्न मेलाले सहयोग गर्ने विश्वास व्यक्त गर्दै उनले ज्ञान, प्रविधि, सीप तथा अनुभव आदानप्रदानमार्फत रत्न तथा आभूषणको प्रवर्द्धनमा महत्वपूर्ण टेवा मिल्ने बताए ।

खानी विभागका महानिर्देशक डा.सोमनाथ सापकोटाले नेपालमा पाइने रत्न तथा आभूषणको नेपालमै प्रशोधन, प्रवर्द्धन र बजारीकरण गर्न मेलाको आयोजना गरिएको बताए । उनले भौगर्भिक अनुसन्धान र खनिज पदार्थको उत्खननमा विभाग क्रियाशील रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले एक्स्पोको अभिरुचिपूर्वक अवलोकन गरेका छन् । तीन दिनसम्म चल्ने सो एक्स्पोमा नेपालका मौलिक गरगहना, गरगहना निर्माणमा प्रयोग गरिने औजारको प्रदर्शनी गरिनेछ । एक्स्पोमा ६० वटा कक्ष रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस