८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

अ+ अ-

काठमाडौं । सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान'(एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रमको आयोजना गरेको छ ।

शिक्षाका लागि विश्व कार्यसप्ताहअन्तर्गत आयोजित कार्यक्रममा नाटक, गीत, कविता र राजनीतिक नेताको प्रतिबद्धताका माध्यमबाट सामुदायिक शिक्षाको गुणस्तर सुधार्न र शिक्षामा व्यापारीकरण अन्त्य गर्न आह्वान गरिएको थियो । अशेष मल्लको निर्देशनमा करीब ३० मिनेटको नाटकमा शिक्षामा अझै विभेद रहेको, बजेट अपुग भएको र जनप्रतिनिधि तथा शिक्षकहरु जिम्मेवार नभएको औँल्याइएको थियो ।

कार्यक्रममा एउटा मात्र खुट्टा भएकी सीता सुवेदी र सुजाता वर्माले नृत्य, कवि प्रभा भट्टराई र बाबु त्रिपाठीले कविता, डा निरञ्जन भण्डारीले सङ्गीतका माध्यमबाट शिक्षाका सवाल उठाएका थिए ।

जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षामा कार्यरत संस्था, शिक्षाविद्, शिक्षाका कर्मचारी, दातृ निकाय, उद्यमी, व्यापारिक क्षेत्र र सामाजिक संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा तीनवटै तहका सरकारलाई शिक्षामा बजेट बढाइ चुस्त व्यवस्थापनमार्फत गुणस्तर सुधार्न ध्यानाकर्षण गरिएको थियो ।

संविधानमा निःशुल्क शिक्षाको प्रबन्ध भए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको अवस्थामा सरकारका नेतृत्व र नीति निर्माताले नयाँ ढङ्गले सोच्न ती रचनात्मक प्रस्तुतिले दबाब दिएका थिए ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला, समाजवादी पार्टी नेपालका उपमहासचिव डम्बर खतिवडा, शिक्षाविद् केदारभक्त माथेमा, शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्साललगायतबाट सामुदायिक विद्यालयको सुधारबाट मात्रै समृद्धि सम्भव हुनेमा जोड दिए । साथै शिक्षकहरुलाई राजनीतिक दलको कार्याकर्ताका रुपमा कायम नराख्न र शिक्षित बेरोजगारीको अवस्था अन्त्य गर्न पनि उनीहरुले सुझाए।

एनसिइ नेपालका अध्यक्ष कुमार भट्टराईले सरकार र नागरिक समाजले चाहेमा निःशुल्क शिक्षा सम्भव रहेको बताए । एनसिइ नेपाल शिक्षामा कार्यरत करीब ३०० सामाजिक संस्थाहरुको साझा सञ्जाल हो । रासस

प्रतिक्रिया दिनुहोस