८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाताको सहयोगमा घाँसे मैदान व्यवस्थापन गर्दै निकुञ्ज

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दाताको सहयोगमा ८६ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिँदैछ ।

नियमित घाँस व्यवस्थापन थोरै क्षेत्रफलमा हुँदा घाँसको अभावमा वन्यजन्तु बस्ती पस्न थालेपछि निकुञ्जको आग्रह र दाताको सहयोगमा थप क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रको ट्याम्पल टाइगर नजिकै ३५ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ । ताल परियोजनाको सहयोगमा रु १८ लाख खर्च गरेर घाँस व्यवस्थापन गर्न शुरु गरिएको हो ।

यसैगरी निकुञ्जको पश्चिम क्षेत्रमा रहेको खोरिया मुहान र टाइगर टप क्षेत्रमा २५ दशमलव पाँच हेक्टरका दरले ५१ हेक्टरमा घाँसे मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । ‘जेडएसएल’ नामक दाताको रु २५ लाखको सहयोगमा सो क्षेत्रमा घाँसे मैदान व्यवस्थापन थालिएको हो ।

निकुञ्जको नियमित कार्यक्रमअन्तर्गत विभिन्न १५ ठाउँमा ८० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भएको छ । एकपटक घाँसे मैदान व्यवस्थापन गर्दा एक हेक्टरमा रु ५० हजार हाराहारी खर्च हुने गरेको छ । घिमिरेका अनुसार अग्ला ठूला ढड्डी फाँड्ने, घाँसलाई अतिक्रमण गर्ने झार र बुट्यान उखेल्ने, अग्ला घाँस काट्ने जस्ता काम व्यक्तिमार्फत गरिँदै आएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार बजेट अभावमा आवश्यक मात्रामा घाँस व्यवस्थापन गर्न कठिन हुने गरेको छ । निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफलमा घाँस रहेको छ । जसमध्ये एक हजार हेक्टर क्षेत्रफल व्यवस्थापन गर्नुपर्ने भए पनि हरेक वर्ष २०० हेक्टर हाराहारी मात्र व्यवस्थापन हुँदै आएको छ ।

जसका कारण निकुञ्जभित्रका वन्यजन्तु घाँस खोजीका लागि बस्ती पस्ने गरेका छन्
निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटेबाघका लागि प्रख्यात छ ।

यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरूङ्गी र ४५ प्रजातिका जलथल तथा घस्रने प्राणीसँगै १०० भन्दा बढी जातका माछा पाइन्छ । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गुर बाँदर आदि पर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस