२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोड बढी हिनामिना गर्ने मालपोत प्रमुखसहित ६ जना विरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली रसिद प्रयोग गरी करोडौँ राजश्व रकम हिनामिना गर्ने मालपोत अधिकृतसहित ६ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी समेत ६ जना उपर आरोप-पत्र दायर गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराको रजिष्ट्रेसन फाँट नं. ३ का फाँटवाला मदन प्रसाद गुप्ताबाट बरामद गरिएका कागजपत्रबाट दुई करोड ५० लाख ८६ हजार छ सय ४० रुपैयाँ राजश्व खातामा दाखिला नगरी खाई मासेको आयोगले जनाएको छ ।

अनुसन्धानका क्रममा रजिष्ट्रेसन फाँट नम्बर ३ का तत्कालीन फाँटवाला गुप्ताले आफू कार्यरत फाँटमा राजश्व सङ्कलन गर्ने प्रयोजनका लागि नक्कली विल प्रयोग गर्ने गरेको भेटिएको र २०७४ कार्तिक २० गतेदेखि २०७५ साउन २८ सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी तीन करोड ३७ लाख ९८ हजार सात सय ४६ र नक्कली रसिद प्रयोग गरी एक करोड पैँतिस लाख ७० हजार दुई सय ९४ गरी जम्मा चार करोड ७३ लाख ६९ हजार चालिस रुपैयाँ सङ्कलन गरेको देखिएकोमा राजश्व रकममध्ये दुई करोड ५० लाख ८६ हजार छ सय ४० रुपैयाँ हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

प्रेस विज्ञप्ति :- मिति २०७६।०२।०१ गते
———————————————–
मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी समेत ६ जना उपर आरोप-पत्र दायर
——————————————-
भूमिसुधार तथा मालपोत कार्यालय कलैया, बाराको रजिष्ट्रेसन फाँट नं. ३ का फाँटवाला मदन प्रसाद गुप्ताले आफू कार्यरत रहेको अवधिमा बुझिलिएको राजश्व रसिद, निजले पारित गरेका सक्कलै लिखतहरु र सोसँग सम्वन्धित अन्य कागज प्रमाण, लिखत दर्ता किताब, राजश्व रसिदको कार्यालय प्रति समेतका महत्वपूर्ण कागजातहरु सम्वन्धित कार्यालयमा बुझाएको नदेखिएको उक्त कार्यालयमा एउटा फाँटसँग सम्बन्धित कुनै पनि सक्कल कागजात, बैंक भौचर समेत नरहेको अवस्थामा नै अन्तरिक तथा अन्तिम लेखा परीक्षण समेत भएको देखिएको भन्ने समेतको उजुरीको सन्दर्भमा आयोगबाट अनुसन्धान हुँदा मालपोत कार्यालय, कलैया, बाराका रजिष्ट्रशन फाँट नं. ३ का तत्कालीन फाँटवाला मदन प्रसाद गुप्ताले आफू कार्यरत रहेको फाँटमा राजश्व संकलन गर्ने प्रयोजनका लागि नक्कली रसिद समेत गरी गरेको देखिएकोमा अनुसन्धानको सिलसिलामा आयोगको टोलीले विभिन्न मितिमा विभिन्न ठाउँबाट बरामद गरेका कागजातहरु अध्ययन गर्दानिज मदन प्रसाद गुप्ताले मिति २०७४/०७/२० देखि २०७५/०४/२८सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी रू.३,३७,९८,७४६।- (रुपैंया तीन करोड, सैतीस लाख, अन्ठानब्बे हजार सात सय छयालीस मात्र) र नक्कली रसिद प्रयोग गरी रू.१,३५,७०,२९४।- (रुपैंया एक करोड, पैंतीस लाख, सत्तरी हजार दुई सय चौरानब्बे मात्र) गरी जम्मा रु.४,७३,६९,०४०।- (रुपैंया चार करोड, त्रिहत्तर लाख, उनान्सत्तरी हजार चालीस मात्र) संकलन गरेको देखिएकोमा संकलित राजश्व रकममध्ये रु.२,५०,८६,६४०।- (रुपैंया दुई करोडपचास लाख छयासी हजार छ सय चालीस मात्र) खाई मासेको तथा हिनामिना गरेको देखिएकोले सरकारी कार्यालयबाट संकलन भएको राजश्व कानून वमोजिम सम्भव भएसम्म सोही दिन नभए त्यसको भोलिपल्ट सम्वन्धित राजश्व खातामा जम्मा गरी राजश्व जम्मा गरेको भौचर समेत नत्थी गरी तोकिएको ठाँचामा आर्थिक विवरण तयार गरी कार्यालय प्रमुखले प्रमाणित गरी अभिलेख सुरक्षित राख्नुपर्नेमा आफू स्वयम् राष्ट्रसेवक कर्मचारी भई आफू समेतको मिलेमतो र प्रत्यक्ष संलग्नतामा आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याकउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी कार्यालयबाट संकलित राजश्व सम्वन्धित राजश्व खातामा तोकिएको समयमा जम्मा नगर्ने, राजश्व संकलनको लागि नक्कली नगदी रसिद प्रयोग गर्नेतथा आफू कार्यरत रहेको कार्यालयको राजश्व संकलनको विवरण र हिसाब किताब दुरुस्त राख्ने् कार्य नगरी मिति २०७४/०७/२० देखि २०७५/०४/२८सम्ममा रजिष्ट्रशन फाँट नं. ३(तीन) बाट संकलित राजश्व रकममध्ये रू. २,५०,८६,६४०।–(रुपैंया दुई करोड पचास लाख छयासी हजार छ सय चालीस मात्र) प्रचलित कानून वमोजिम तोकिएको समयभित्रमा सम्वन्धित राजश्व खातामा दाखिला नगरी खाइमास्ने कार्य गरेको देखिएकोले मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी, फाँटवाला (नायव सुब्बा) मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर ठाकुरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) वमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) वमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा निज राजराजेश्वर त्रिवेदी, मदन प्रसाद गुप्ता र युगल किशोर ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम हदैसम्मको सजाय हुन र मालपोत कार्यालय, कलैयाको आन्तरिक लेखा परीक्षण तथा अन्तिम लेखा परीक्षण गर्दा कार्यालयमा रहनुपर्ने सक्कल कागजात बिना नै करोडौ रुपैंया राजस्व हिनामिना भएको, नक्कली राजश्व रसिदको प्रयोग गरिएको तथा कार्यालयका सक्कल कागजात लुकाएको तथ्यलाई अन्देखा गरी भए-गरेका तथ्यहरु लोप गरी लेखा परीक्षणका आधारभूत सिद्धान्त विपरित बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार गरेको देखिएकोले कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका लेखापालद्वय प्रविण गौतम र कमल खतिवडा र महालेखा परीक्षकको कार्यालय, बबरमहल काठमाण्डौका निर्देशक अजय कुमार सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) वमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा निज प्रतिवादीहरु प्रविण गौतम, कमल खतिवडा, अजय कुमार सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम हदैसम्मको सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ।
प्रदीपकुमार कोइराला
प्रवक्ता

प्रतिक्रिया दिनुहोस