२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चारमाध्यमभित्रको विकृति अन्त्य गर्न विधेयक : मुख्यमन्त्री पोख्रेल

अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले सञ्चारमाध्यमभित्र पछिल्लो समय मौलाएको विकृति अन्त्य गर्न मिडिया काउन्सिलसम्बन्धी विधेयक ल्याउनुपरेको बताएका छन् ।

सञ्चारमाध्यमलाई कसरी बलियो र शक्तिशाली बनाउने भन्नेमा सरकार सचेत रहेको भन्दै उनले मिडिया काउन्सिल विधेयकले सञ्चारमाध्यममा रहेको बेथिति अन्त्य गर्ने विश्वास व्यक्त गरे । दाङको घोराहीमा रहेको रेडियो मध्यमपश्चिमको १३औँ वार्षिकोत्सवका अवसरमा उनले स्वतन्त्र प्रेसविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रेसलाई बलियो बनाउन सरकार लागिपरेको बताए । ‘मिडियालाई बलियो बनाउन राज्यले यो विधेयक ल्याएको हो, त्यसमा प्रेसलाई सङ्कुचनमा पार्ने कुनै बुँदाहरु छ्रैनन्’, उनले भने, ‘के प्रेसमा बेथिति छैन ? सञ्चारमाध्यममा रहेको बेथिति हटाउन के गर्ने ?’

राज्य कमजोर भयो भने लोकतन्त्र अप्ठ्यारोमा पर्ने बताउँदै मुख्यमन्त्री पोख्रेलले जनता बलियो भएमात्रै राज्य बलियो र शक्तिशाली हुने बताए । लोकतन्त्रप्राप्तिका लागि प्रेसले विगतमा खेलेको भूमिका अतुलनीय रहेकाले राज्यले प्रेस स्वतन्त्रतामा कुनै आँच नपुर्‍याउने गरी काम गर्ने बताए ।

प्रदेशमा विकास र समृद्धिको आधार निर्माण हुन थालेको चर्चा गर्दै मुख्यमन्त्री पोख्रेलले सात वटा प्रदेशमध्ये प्रदेश नं ५ अग्रस्थानमा आउने गरी काम गरेको बताए । उनले कानून निर्माण, आवधि योजना निर्माण, बजेट खर्च, कर्मचारी समायोजनमा सबैभन्दा अगाडि रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस