२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्धारा डिभिजन वन कार्यालय हैटौंडाका प्रमुखसहित २० जना विरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, हेटौंडाका तत्कालीन डिभिजन वन अधिकृत प्रल्हादप्रसाद धितालसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी गरी २० लाख भन्दा बढी रकम हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सालका रुखहरू मूल्यवान हुने भएकोले साल जातको मात्र छपान तथा कटान गरिएको, वनको व्यवस्थापनका लागि ढलापडा सबै जातका रुखहरूमा छपान नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

क्षेत्रीय वन निर्देशनालय, हेटौंडा र डिभिजन वन कार्यालय, हेटौंडाबाट संयुक्त गरेको भएता पनि खटिएका कर्मचारीहरूले न्यूनतम प्रक्रिया समेत पूरा नगरेको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादवलाई विपक्षी बनाइएको छ।

त्यस्तै वन रक्षक देविप्रसाद गौतम, होटल सामना प्रा.लि. हेटौंडा– ४, मकवानपुरका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका सञ्चालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवम् सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया–२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरासाइनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिनलाई पनि अख्तियारले विपक्षी बनाएको छ।

अख्तियारले काठ दाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरू सोमबहादुर तिमल्सिना, सूर्जबहादुर जिम्बा भन्ने सूर्यबहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन भन्ने शुक्रबहादुर भुलनको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

एक करोड ५८ लाख ७० हजार ७ सय ९० राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानी नोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस