८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन आज सम्पन्न भएको छ ।

जंगी अड्डास्थित  त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा सञ्चालन भएको उक्त महाधिवेशनमा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच समुद्घाटन गरेका थिए ।

महाधिवेशनलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले यस महाधिवेशनका आयोजकहरुलाई निमन्त्रणाको लागि हार्दिक धन्यवाद व्यक्त गरेका थिए । सोही क्रममा उनले यस महाधिवेशनबाट नेतृत्व चयन गर्दा विगतमा भू.पू.सैनिकहरुको समस्याहरुको समिक्षा गर्नुपर्ने र यसको जगमा रही योजना बनाउदा फलदायी हुने कुरा बताएका थिए ।

सम्बोधनको क्रममा उनले विश्व सामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निभाई नेपाल सरकारको लक्ष्य ‘समृद्ध नेपाल सुखी नेपाली’ मा प्रत्यक्ष रुपमा टेवा पुर्‍याउन रक्षा मन्त्रालय, बहालवाला तथा भूतपूर्व सैनिकहरुको सहकार्यमा सम्भव हुने कुरा बताएका थिए ।

कार्यक्रमको क्रममा बलाधिकृत शरद कुमार गिरीले नेपाली सेनाको तर्फबाट शुभकामना दिनु हुँदै नेपाली सेनाका संस्थागत मुल्य(मान्यताहरु, रिती(रिवाज र पेशेवर संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न यहाँहरुले खेल्दै आउनु भएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि रहिरहनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै सञ्चालक समितिका केन्द्रीय सभापति सहायक दिगम्वर शम्शेर ज.व.रा. (अ.प्रा.) ले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकहरुलगायत परिवारहरुको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्ने मुलभूत लक्ष्यसहित २०११ सालमा राज्य र सेनाप्रति पूर्ण आस्था र निष्ठासहित एक विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको बताएका थिए ।

उक्त महाधिवेशनबाट नेपाल सरकारको संघिय संरचना अनुसार ठठ वटा जिल्ला मध्ये हाल ६० जिल्लामा छरिएर रहेका भूतपूर्व सैनिकहरुको संगठनबाट केन्द्रिय सभापतिमा पूर्व केन्द्रिय सभापति सहायक दिगम्वर शम्शेर ज.व.रा.(अ.प्रा.) पुनस् निर्वाचित भएका छन् । कार्यक्रमको दौरान उपस्थित भूतपूर्व सैनिकहरुबाट राय सुझावहरु संकलन गरी संघको विधान संशोधन गरिएको थियो ।

उक्त कार्यक्रममा पूर्वप्रधानसेनापति, नेपाली सेनाका बहालवाला एवम् अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, भूतपूर्व राष्ट्रिय सेवा सङ्गठन राष्ट्रिय समन्वय परिषद, भूतपूर्व नेपाल प्रहरी तथा भूतपूर्व शसस्त्र प्रहरी सङ्गठनका पदाधिकारीहरु, ६० जिल्लाका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका पदाधिकारीहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस