डोटी । कानूनी राज्यमा न्यायालले जनतालाई निश्पक्ष रुपमा न्याय दिने गरेको जिल्ला अदालत डोटीका जिल्ला न्यायधिस जयानन्द पनेरुले बताए ।
नेपालमा आधुनिक न्याय प्रणालीको शुरुवातका रुपमा नेपाल प्रधान न्यायालय ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइँदै आएको समेत जिल्ला न्यायधिस पनेरुले बताए ।
दिवसकै अवसरमा आज बालसुधार गृह डोटीमा रहेका बालवालिकाहरुलाई फलफुल बितरण समेत गरिएको थियो ।
जिल्ला अदालत डोटीले आयोजना गरेको दिवस समारोह कार्यक्रममा जिल्ला स्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी, वकिल, पत्रकार लगाएको सहभागिता रहेको थियो । सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा आज देशभरका न्यायालयमा सार्वजनिक बिदा दिएको छ ।