८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङको असौजेमा आलु भण्डारण गृह बन्दै

अ+ अ-

बागलुङ । काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ ।

यसका लागि गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताए । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको छ ।

‘अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ’, अध्यक्ष विकले भने, ‘गाउँपालिका पनि स्रोत जुटाएर काम सक्ने पक्षमा छ ।’ थप बजेट उपलब्ध नभए भण्डारण गृहको काम अर्को वर्षसम्म धकेलिनेछ ।

एकतले उक्त गृहमा दश टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बन्ने भएपछि यहाँका आलु किसान खुशी भएका छन् । घरमा राख्दा चाम्टिने, कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । धम्जाको असौजे, ओखले, सायकटेरा, तारेभीर र देउराली मुख्य आलुखेती हुने क्षेत्र हुन् । धम्जालाई आलुको ‘पकेट गाउँ’ का रूपमा चिनिन्छ ।

त्यहाँ झण्डै २०० घरले व्यावसायिक आलुखेती गर्दै आएको वडाध्यक्ष याम श्रीसले बताए । ‘आलु धम्जाको मुख्य नगदे बाली हो’, उनले भने, ‘यहाँको उत्पादन बढाउन र व्यवसायीकरणमा भण्डारण गृहले सघाउने हाम्रो विश्वास छ ।’ गाउँपालिकाले पनि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आलुका लागि धम्जालाई छनोट गरेको हो ।

धम्जाका एकै घरपरिवारले तीस मुरीसम्म आलु फलाउने गरेका छन् । धम्जाको आलु स्वादिलो हुने हुँदा सदरमुकामलगायत बजार क्षेत्रमा यसको माग पनि बढ्दो छ ।

खन्दाखन्दै किन्दा प्रतिपाथी रु १०० सम्म आलु बिक्री हुने गरेको छ । प्राङ्गारिक मल प्रयोग गरिने हुँदा धम्जाको आलु स्वास्थ्यवर्द्धक पनि मानिन्छ । किसानले ओखले क्षेत्रलाई ‘जैविक गाउँ’ घोषणा गर्ने तयारी पनि अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस