२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पको चार वर्ष : ‘अधिकार आयो, जनशक्ति आएन’

अ+ अ-

बनेपा । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन ।

जिल्लाभरिमा भूकम्पले क्षति पु¥याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ । जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको विवरणमा उल्लेख छ । स्थानीय तहका प्रमुखहरुले भने गाउँमा इञ्जिनीयर पर्याप्त मात्रमा नहुनु र भएका पनि गाउँमा नबस्ने गरेका कारण छिटो काम हुननसकेको बताएका छन् ।

पछिल्लो समयमा पुनःनिर्माणका काम स्थानीय तहबाट नै गर्ने गरी गुनासो सुनुवाइ र पुनःसर्वेक्षण गर्ने भनेर प्रशिक्षण गोष्ठी सञ्चालन गरेको भए पनि इञ्जिनीयर र प्राविधिक नखटाएको कारण कुनै पनि काम अगाडि नबढेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताए ।

सो गाउँपालिकामा अहिलेसम्ममा ३७ प्रतिशतले तेसो किस्ता लगेका छन् भने ६६ प्रतिशतले दोस्रो र ८७ प्रतिशतले मात्रै पहिला किस्ता लगेको तथ्याङ्कमा उल्लेख छ । महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भएका लाभग्राहीको पुनःनिर्माणको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताए । जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने काम र लाभग्राहीले निर्माण गर्ने भूकम्प प्रतिरोध घर निर्माणमा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत रहेको उनको भनाइ छ ।

जनस्तरबाट काम भइरहेको भए पनि प्राविधिक र इञ्जिनीयर पर्याप्त मात्रमा नहुँदा समस्या भएको उनले बताए । सो गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ८२ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ९७ प्रतिशत रहेको छ ।

उता खानीखोला गाउँपालिकामा पनि जनशक्ति अभावका कारण पुनःनिर्माणको कामलाई प्रभावित बनाएको पालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए । ‘भूकम्प लाभग्राही घर बनाउन लागिरहेका छन्, तर समयमा नै प्राविधिक र इञ्जिनीयरको उपस्थिति नहुँदा ढिला भइरहेको छ’, उनले भने, ‘एकातिर प्राविधिक र इञ्जिनीयर पर्याप्त छैनन्, अर्कोतिर भएका इञ्जिनीयर पनि गाउँमा नजाने र नबस्ने गरेका कारण पनि समस्या उत्पन्न भइरहेको छ ।’

लाभग्राहीलाई समयमा नै उचित परामर्श र प्राविधिक सल्लाह नभएका कारण करीब ८०/९० लाभग्राहीले एककोठे मात्रै घर बनाएर सम्पन्न गरिसकेको भए पनि पछि प्राविधिक रुपले उपयुक्त नभएका कारण किस्ता नै रोकेर समस्या भइरहेको बताए ।

जिल्लामा स्थानीय तहगत हिसाबले पुनःनिर्माणको क्रममा भएको प्रगतिमा बनेपा नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३३ प्रतिशत र ४६ प्रतिशतले दोस्रो किस्ता तथा ८९ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् । बेथानचोक गाउँपालिकामा ३८ प्रतिशत तेस्रो किस्ता, ६६ प्रतिशत दोस्रो किस्ता र ८६ प्रतिशत पहिला किस्ता लिइसकेका छन् ।

स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा ६३ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् । त्यस्तै ७९ प्रतिशत दोस्रो किस्ता र ९४ प्रतिशतले पहिला किस्ता लिइसकेका छन् ।

उता पनौती नगरपालिकामा तेस्रो किस्ता लिने सङ्ख्या ३५ प्रतिशत, दोस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८८ प्रतिशत रहेको छ । रोशी गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८५ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ ।

त्यस्तै दोस्रो किस्ता लिनेको सङ्ख्या ६४ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८६ प्रतिशत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस