२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीको मुसिकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ जना बिरामी

अ+ अ-

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा एउटै गाउँका ९८ बिरामी परेका छन् ।

बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य छको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जनाकारी दिएका छन् ।

बिरामी परेकामध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त ठाउँमा अचानक मङ्गलबार केही मानिस सामान्य रुपमा बिरामी परेको र त्यसपछि विस्तारै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेपछि जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो ।

दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले बताए। दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने बताए ।

उक्त ठाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य बनेको बताइएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् ।

उक्त ठाउँमा अहिले स्थानीयस्तरमा रहेका छ स्वास्थ्यकर्मी अस्थायी शिविरमा रहेका बिरामीको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको उक्त ठाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयवासीले उपभोग गर्न बाध्य बनेको स्थानीय हरि छन्तेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस