८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन

अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नयाँ नियुक्त भएकामध्ये विभागीयतर्फका प्रहरी निरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । साथै उनले सोही प्रतियोगिताद्वारा नयाँ नियुक्त भएका खुलातर्फका प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गरे ।

२०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७५ चैत २१ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ९३ जना र खुलातर्फ १५ जना गरी कुल १ सय ८ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण भएका छन् । जसमा ८ जना महिला छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७६ वैशाख ८ गतेको निर्णयले वैशाख ५ गतेदेखि लागू हुने गरी उनीहरु प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले नयाँ नियुक्तिसँगै संगठनको सशक्तिकरणमा केही इँटा थपिएको चर्चा गर्दै नयाँ आशा, भरोसा, विश्वास राखिएको अवस्थामा कार्यक्षेत्रमा इमानदार भएर नडराई र नडगमगाई दृढतापूर्वक काम गर्न निर्देशन दिए ।

कानुन कार्यान्वयनबाट नै शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सकिने भएकोले ऐन कानुनको पालना गरी कार्यक्षेत्रमा खरो रुपमा उत्रनुपर्नेमा उनले जोड दिए ।

नागरिक र देशको सेवा गर्छु भन्दै संगठन प्रवेश गर्न चाहेको सन्दर्भ उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा खटिएपछि यस तथ्यलाई दृढतापूर्वक पालना गरी सरकार र संगठनको अपेक्षा अनुरुप नयाँ जोश र उर्जाकासाथ काम गर्नुपर्ने बताए । देश, सरकार, प्रहरी संगठन र नागरिकले कस्तो प्रहरी खोजेको छ भन्ने मनन गरी विश्वास र भरोसा अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘प्रहरीले प्रहरी जस्तो भएर चुस्त दुरुस्त काम गर्न सक्नुपर्छ ।’सेवा विशिष्टता भावनाबाटै विकसित हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले सेवामै समर्पित छु भन्ने भावना लिई ठोस उपलब्धी हासिल गर्न शारीरिक र मानसिक रुपमा तयार रही काम गर्न निर्देशन दिए।

काँधमा थप जिम्मेवारी आएको अवस्थामा क्षमता अभिवृद्धिको साथै आफूलाई परिष्कृत गरी राम्रो सदस्यको रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘संगठन मेरो हो, राम्रो गर्नुपर्छ भन्ने भावनाले विवेक पुर्‍याएर काम गर्नुस् ।’ अपराध न्यूनिकरण र निष्तेज पार्न प्रविधिको प्रयोग, जागरुकता र जुझारुपन आवश्यक रहेको चर्चा गर्दै उहाँले कार्यक्षेत्रमा विवेकपूर्ण कठोर हुनुपर्ने आवश्यकता माथि प्रकाश पारे ।

राष्ट्र समृद्ध बनाउन सुरक्षा आधारभूत सर्त भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यसका लागि नेपाल प्रहरीले पूरा गर्नुपर्ने अहम दायित्व निर्वाह गर्न एकरुपता र एउटै लक्ष्य लिएर अगाडि बढ्नुपर्छ भने । प्रहरी संगठनको सदस्य भइसकेपछि गलत क्रियाकलापमा संलग्न हुन नपाइने स्पष्ट पार्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘गलत अभ्यास नेपाल प्रहरीमा गुञ्जायस छैन् ।

नेपाल प्रहरी नागरिकका लागि समर्पित संस्था हो । राम्रो काम मात्र गरी सामाजिक इज्जत र प्रतिष्ठा बढाउँदै जानुपर्छ ।’ राम्रो काम गरे मूल्याङ्कन स्वत हुने भएकोले प्रहरीले पाएको जिम्मेवारी र दायित्व निर्वाह गर्न किञ्चित पछि नपरी पेशागत निष्ठाको आधारमा काम गर्न उनले आग्रह समेत गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात् नयाँ नियुक्त प्रहरी निरीक्षकहरुलाई समुदाय(प्रहरी साझेदारी सम्बन्धि अनुशिक्षण समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस