गुल्मी । सुनार गाउँपालिका-६ गैरीखुट्टा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रकोट गाउँपालिका-५ केवल बस्ने २६ वर्षीय अनिल सुनारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खर्ज्याङ र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।