८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाण्डुङ सम्मेलनले विश्व सम्बन्धमा नयाँ आयाम ल्याएको छ : पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाण्डुङ सम्मेलनको सिद्धान्तले विश्व सम्बन्धमा नयाँ आयाम ल्याएको बताएका छन् ।

वाण्डुङ सम्मेलनको ६४औँ वर्षगाँठका अवसरमा नेपाल अफ्रो–एशियाली जनएकता सङ्गठनले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले वाण्डुङ सम्मेलनपछि नै विश्वले ५०० वर्षसम्मको औपनिवेशिकवाद र साम्राज्यवादबाट मुक्ति पाएको बताए । इण्डोनेसियाको वाण्डुङमा सन् १९५५ अप्रिल १८ देखि २४ सम्म एशिया र अफ्रिकाका २९ राष्ट्रका नेता भेला भई तत्कालीन दुई ध्रुवमा विभाजित विश्व परिवेशमा कुनै पनि ध्रुवमा सामेल नभई असंलग्न रहने घोषणा नै वाण्डुङ सम्मेलनको निष्कर्ष थियो ।

नेता खनालले भने, ‘औपनिवेशिकवादविरुद्धको विश्वव्यापी सङ्घर्ष अघि बढ्न थालेपछि एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशमा स्वतन्त्रता सङ्ग्राम शुरु भयो । नयाँ राज्यको निर्माणसँगै त्यस क्षेत्रका मुलुकका नेताहरु भेला भएर वाण्डुङ सम्मेलनमा नयाँ सिद्धान्त प्रतिपादन गरे । जुन सिद्धान्त अन्तर्राष्ट्रिय सम्बन्धलाई स्वतन्त्रतापूर्वक नयाँ ढङ्गले सञ्चालन गर्ने महत्वपूर्ण सैद्धान्तिक आधार बन्यो ।’ उनले वाण्डुङ सम्मेलनपछि नै दुई ध्रुवमा विभाजित संसार विखण्डित भएको र औपनिवेशवादको युगमा छरपष्टरुपमा विभाजित एशिया अहिले त्यसबाट मुक्त भई एकताबद्ध हुँदै गएको बताए ।

सन् २००० देखि एशियाका सम्पूर्ण राजनीतिक दल जमघट भई नयाँ र आधुनिक एशिया निर्माण गर्ने भेलाको तयारीसमेत शुरु भइसकेको सो अवसरमा नेता खनालले बताए । कार्यक्रममा सङ्गठनका अध्यक्ष एवं पूर्वराजदूत हीरण्यलाल श्रेष्ठले नेपालले वाण्डुङ सम्मेलनको भावना र मर्मअनुसार भारत र चीनका साथै संयुक्त राज्य अमेरिकासँग पनि उत्तिकै प्रगाढ सम्बन्ध राख्नुपर्ने धारणा व्यक्त गरे ।

फ्रान्सको पेरिसस्थित लि हाभ्रे विश्वविद्यालयका प्राध्यापक डार्विस खुदोरीले वाण्डुङ सम्मेलनको पृष्ठभूमिका साथै उपलब्धिका बारेमा प्रस्तुति गर्दै नेपालले एशिया र अफ्रिकाका भूपरिवेष्ठित मुलुकसँग सङ्गठित भई सहकार्य गरे नेपाललाई विभिन्न दृष्टिले लाभ हुने सुझाव दिए। कार्यक्रममा सङ्गठनका उपाध्यक्ष एवं पूर्वमन्त्री कृपाशुर शेर्पा र महासचिव गोपाल पोखरेल ‘विवस’ले वाण्डुङ सम्मेलनको उद्देश्य प्राप्ति हुँदै गएको उल्लेख गर्दै सम्मेलनका सिद्धान्त नेपालजस्ता मुलुकका लागि धेरै महत्वपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस