१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब एकता प्रक्रिया लम्बाउनु हुँदैन : नेता भुसाल

अ+ अ-

परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताएका छन् । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उनले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गरे ।

कम्युनिष्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले बर्दघाट–२ चिसापानीमा शुक्रबार आयोजना गरेको श्रद्धाञ्जलि सभामा उनले भने,’अब एकता प्रक्रिया लम्बाउनु हुँदैन, हाम्रो पार्टी यति बलियो र सुसंस्कृत रहेछ, करीब एक वर्षसम्म पार्टीका सबै कमिटी लथालिङ्ग र जिम्मेवारी विहीन हुँदा पनि दायाँबायाँ भएका छैनन्, यो हाम्रो ठूलो उपलब्धि हो । तर अब यो अवस्था लामो समय रहन दिनुहुन्न् ।

एकता साँघुरिँदै गएको भन्दै नेता भुसालले अहिले अफ्ठ्यारो परिस्थितिमा नआत्तिन कार्यकर्तालाई आग्रह गरे । उनले ढिलो भए पनि आफूहरुले एकता पूरा गरेरै छाड्ने बताए । कार्यकर्ताबाट छिटो एकता टुङ्ग्याउनुपर्ने दबाब रहेको भन्दै नेता भुसालले तयारीको हिसाबले वैशाख नौ गतेभित्रै मूर्तरुप पाउनेमा भन्ने आफू विश्वश्त नरहेको प्रतिक्रिया दिए ।

सांसदसमेत रहेका नेता भुसालले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहप्रति पार्टीको आधिकारिक धारण तय भइनसकेको भन्दै उनले विप्लवको नीति अनुसारको व्यवहार भने नरहेको बताए । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रचण्डबहादुर बुढाथोकी जस्तै योद्धाको योगदानलाई स्मरण गरेर सरकार सञ्चालकले काम गर्ने हो भने मुलुकले सही दिशा लिने भन्दै आफूले पनि सोही अनुसार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वमन्त्री शान्ता मानवीले स्व सर्जक बुढाथोकीसँग आफू सानै उमेरदेखि सामिप्यमा रहेर काम गरेको स्मरण गर्दै उनले देखाएका सकरात्मक सन्देशको अनुकरण गर्नुुपर्नेमा जोड दिए ।

सांसद तिलक महत, केन्द्रीय सदस्य डा विजय पौडेल, जनसांस्कृतिक महासंघका संस्थापक केन्द्रीय सदस्य देवेन्द्र घिमिरे, बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल लगायतले स्वर्गीय बुढाथोकीको निधनले सिङ्गो पार्टीमात्र नभई नेपाली गीतसङ्गीत र साहित्य क्षेत्रमासमेत अपूरणीय क्षति पुगेको बताएका थिए । वरिष्ठ सर्जक तथा गायक प्रचण्ड बुढाथोकीको यही वैशाख एक गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस