२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’

अ+ अ-

काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाईन कोर्स सुरु गरेको छ ।

यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्रीहरु राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना सुरु गरेको छ । दिइएका कोर्समा सहभागी भइ एप प्रयोगकर्ताहरुले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् । शुभयात्राले रिवार्डको लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

अहिले शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सिप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरु उपलब्ध छन् ।

एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढिको रिवार्ड कुपन प्राप्त हुनेछ । यसरी प्राप्त गरेको कुपन खल्ती मार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी जस्तैः मोबाईल रिचार्ज गर्ने, बिजुलीको महशुल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि कार्यको लागि प्रयोग गर्न सकिनेछ ।

साथै, हरेक कोर्सको अन्तिममा दिइएको क्विज पुरा गरिसकेपछि प्रमाण पत्र र थप रिवार्ड कुपन प्राप्त गर्न सकिनेछ । ‘नेपालमा कुनै पनि इ–लर्निङ प्लाटफर्मले अन्लाईनमा उपलब्ध कोर्सहरुमा सहभागीहरुलाई यसरी रिवार्ड कुपन र अन्य उपहारहरु प्रदान गर्न थालेको यो पहिलो पटक हो ।

नेपालमै पहिलो पटक यस्तो तरिकाले रिवार्ड योजना सुरु गर्न पाउँदा हामी उत्साहित छौँ,’ द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधी मेघान नाल्बोले बताईन् । सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाईल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा हुनुभएका सहभागिहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईल नम्बर दाखिला गरी उक्त कूपन प्रयोग गर्न सक्नेछन् ।

धेरै नेपाली जाने देशहरू मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने, तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ ।

शुभयात्रा एप बारे

शुभयात्रा वैदेशिक रोजगारीमा जाने र जान चाहाने युवालाई सु–सूचित गराउने हेतुले संचालन गरिएको एउटा एन्ड्रोइड एप हो । विदेशमा रहेका नेपालीहरूको सहयोगमा ‘द एसिया फाउन्डेसन’ले सन् २०१६ मा संचालनमा ल्याएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमी लगायत सातवटा संस्थाहरुको संयुक्त सहकार्य रहेको छ ।

एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने श्रव्य, दृश्य, फेसबुक लिंक तथा लिखित सामग्रीहरू राखिएको छ । एपमा समावेश गरिएका सामग्री सबै नेपाली भाषामा राखिएको छ ।

कसरी डाउनलोड गर्ने शुभयात्रा एप ?

शुभयात्रा एप एन्ड्रोइड मोबाइलका लागि तयार पारिएको हो । एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा गएर Shuvayatra टाइप गरेर अथवा वेबमा गएर / www.shuvayatra.org मा क्लिक गरी शुभयात्रा एप डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस