९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीको समस्या चाँडो हल हुन्छ : मन्त्री मगर

अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले उपत्यकामा खानेपानीको समस्या चाँडो हल गर्न आफू योजनाबद्ध ढङ्गले लागिरहेको बताएकी छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४औँ वार्षिकोत्सव समारोहमा उनले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताइन् ।

काठमाडौँमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा नभएर यसको व्यवस्थापन पनि महत्वपूर्ण भएको मन्त्री मगरले औँल्याइन् । उनका अनुसार खानेपानीको वितरण र व्यवस्थापन सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको छ ।

मन्त्रालय मातहतका कार्यालय खानेपानी आपूर्तिसँगै व्यवस्थापनमा लागेको उनले बताइन् । उनले भनिन्,’खानेपानी बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय लगायतका निकाय यो काममा लागिरहेका छन् ।’ जनताको अपेक्षा र आवश्यकताअनुसार खानेपानीको पहुँच विस्तार गर्न मन्त्रालय लागिपरेको उनले जानकारी दिइन् ।

खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधनसहित ९० प्रतिशत जनताका घरमा पानी पुर्‍याउने मन्त्रालयको लक्ष्य रहेको बताए । उनले भने, ‘दिगो लक्ष्यप्राप्तिका लागि पनि जनताका घरघरमा पानी पुर्‍याउने योजना बनिरहेको छ ।’ बोर्डका अध्यक्षसमेत रहेका मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौँ उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरुयोजना बनिरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस