५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धेरै पदक जितेर देशको नाम राख्ने धोको

अ+ अ-

रुपन्देही । सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहोर्‍याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् ।

‘हाम्रो प्रशिक्षण उत्कृष्ट छ’, राना भन्छिन्, ‘धेरै पदक जितेर देशको नाम राख्छौँ ।’ प्रतियोगितामा रानाले नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कराते खेलाडी शाहिल गुरुङलाई पनि यतिबेला भ्याइनभ्याई छ । प्रतियोगितामा स्वर्ण पदक हात पार्नका लागि उनले दिनरात मिहिनेत गरिरहेका छन् । ‘मैले जित्दा देशले जित्छ, त्यसैले धेरै मिहिनेत गरेको छु,’ उनी भन्छन्, ‘जित्न सकैँ भने मेरो उद्देश्य पूरा हुनेछ ।’ शाहीले १४ वर्षमुनिको सब जुनियरतर्फ ३५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

रुपा र शाहिल जस्तै देशका विभिन्न जिल्लाका २६ जना कराते खेलाडी अहिले भारतको पटनामा हुने प्रतियोगिताको अन्तिम तयारीमा छन् । उनीहरुलाई जापान गोजु रियो कराते डो मिसन संघ नेपालका प्रमुख प्रशिक्षक के। बी राना (काजी) ले रुपन्देहीमा प्रशिक्षण दिएका छन् ।

‘खेलाडीहरुले कडा मिहिनेत गरिरहेका छन्, प्रतियोगीताका सबै स्पर्धामा नेपालले जीत हासिल गर्ने विश्वास छ,’ प्रशिक्षक राना बताउँछन् ।

इण्डियन आर्मी कराते महासङ्घका संस्थापक अध्यक्षसमेत रहेका काजीको प्रशिक्षणले यसअघिका प्रतियोगितामा नेपालले राम्रो नतिजा निकालेको थियो । “उनको प्रशिक्षण लिएर प्रतियोगितामा सहभागिता जनाउँदा नजित्ने कुरै आउँदैन,’ खेलाडी सन्तु दङ्गोरिया थारू भन्छन् ।

यही वैशाख ९ र १० गते हुने प्रतियोगिताका लागि जापान गोजु रियो कराते डो मिसन संघले राष्ट्रिय खेलकूद परिषद्को सहयोगमा खेलाडीसहित ३६ जनालाई भारतको पटना लैजाने व्यवस्था मिलाएको हो । खेलजगत्मा सक्रिय रहँदै आएको मिसन संघ का २५ वटा शाखामा ३ हजार खेलाडी आबद्ध छन् ।

नेपालका खेलाडीलाई विश्वसामु चिनाउन प्रतियोगितामा सहभागिता जनाएको बताउँछन् कराते महासंघका प्रदेश नं ५ का अध्यक्ष भरतबहादुर केसी । ‘नेपालका खेलाडी पनि बलिया छन् भन्ने देखाउन तयारीका साथ जाँदैछौँ’, उनी भन्छन्, “नेपालको शिर उँचो गराएर फर्कनेछौँ ।’

विगतका प्रतियोगिताहरुमा पनि भारतमा उत्कृष्ट नतिजा ल्याएका अनुभवी खेलाडी टोलीमा रहेकाले प्रतियोगितामा राम्रो नतिजा आउने संघका रुपन्देही अध्यक्ष उमेश थापा मगरको भनाई छ । यसअघि सन् २०१७ मा भारतको पुनामा भएको साउथ एशियन च्याम्पियनशिपमा नेपालले १४ वटा स्वर्ण पदक जितेको थियो ।

संघका अनुसार प्रतियोगितामा नेपालसहित ८ देशले उमेर समूह र तौल समूहमा सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ रुपा राना ५०, दिलमाया कोइराला ५५, विपिन राना ५०, सन्तु थारू ५५, अमन सोती मगर ६०, छिरिङ गुरुङ ६५, दिलबहादुर बुढाथोकी ७० र सन्दीप चौधरी ७५ केजीले प्रतिस्पर्धा गर्दै छन् ।

उन्नाइस वर्षमुनिको (जुनियर) उमेर समूहमा सुमन परियार ६० र सन्दीप चौधरी ७० केजी तथा १७ वर्षमुनिको (जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, विबिन गुरुङ ५०, सुनिल रावल ५५ र रोशन राना ६० केजीले सहभागिता जनाउँदैछन् ।

चौध वर्षमुनिको (सब जुनियर )उमेर समूहमा इशा सारु ४०, आकृति राना ५०, प्रियङ्का थापा ५५, शाहिल गुरुङ ३५, जीवन पुन ४०, मिलन श्रीस ४५, प्रसुन शाही ५० र सरोज क्षेत्री ५५ केजीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसैगरी १० वर्षमुनिको (केडस) उमेर समूहमा आदित्य क्षेत्री २०, विवेक सेन ठकुरी २५, गौरव पौडेल ३० र अमीसा पोखरेल ३० केजीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

खेलाडीसँगै नेपालका तर्फबाट कराते महासंघका प्रदेश ५ अध्यक्ष केसी, राष्ट्रिय खेलकूद परिषद्का अधिकृत ओमनाथ न्यौपाने, जापान गोजु रियो कराते डो मिसन संघका केन्द्रीय सचिव गिरी पुन, रुपन्देही अध्यक्ष उमेश थापा मगर, चिकित्सक डा.विकास आलेसहित १० अफिसियल र पत्रकार निरु गौतम, नरेश केसीसहितको टोली यही वैशाख ७ गते भारत जानेछ ।

प्रतिक्रिया दिनुहोस