९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपा-१४ को वडा कार्यालय भवन शिलान्यास

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विगत वर्षमा योजना बनाइएकाले आगामी आर्थिक वर्षदेखि नागरिकको चाहनालाई विकासको कार्यसूची बनाएर अघि बढ्ने बताएका छन् ।

कामपा वडा नम्बर १४ को वडा कार्यालय भवन शिलान्यास गर्दै उनले चुनावका समयमा जनतासामु गरिएको विकासको योजनाले अब विस्तारै निकास पाउने जिकिर गरे।

बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको करीब ८ आना जग्गामा भवन निर्माण गर्न पिआर बाबुरत्न जेभीले रु ४ करोड ३४ लाख ३३ हजार ६९२ मा जिम्मा पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी आजैदेखि निर्माण शुरु गरिएको छ ।

भवनको भुइँ तलामा ३० मोटरसाइकल अट्ने ठाउँ हुनेछ । साढे ४ तलामा बन्ने भवनको कूल क्षेत्रफल ११ हजार ८२ दशमलब ८ वर्गफिट रहनेछ । आधुनिक निर्माण सामग्री प्रयोग गरिए पनि परम्परागत रुपमा भवन निर्माण हुने बताइएको छ ।

निर्माण सम्पन्न भइसकेपछि वडा क्लिनिक पनि यहीँबाट सञ्चालन गरिने वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।

हाल जनप्रतिनिधि र कर्मचारी एउटै कोठामा बस्नुपर्ने अवस्था छ । नागरिकलाई एकछिन आराम गराउन पनि नसकिएको बताउँदै वडाध्यक्ष सापकोटाले अब निर्माण हुने भवन सुविधासम्पन्न हुने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले काठमाडौंको विकासमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एउटै मञ्चमा बसेर नागरिकसँग योजना माग गर्नुपर्ने बताए।

बत्तीस वडा रहेको कामपाले पछिल्लो समय वडा कार्यालय भवन निर्माण गर्न लागिरहेको छ । वडा १४ सँगै वडा ४, ७, ९ र २६ मा पनि भवन निर्माणको काम भइरहेको छ ।

भूकम्पअघि पनि केही भवन भाडामा लिएर काम गरिरहेको कामपाले भूकम्पपछि २० भन्दा बढी वडा कार्यालय भाडामा नै लिएर नागरिकको सेवा गरिरहेको छ ।

कामपा केन्द्रीय कार्यालय भने भवन निर्माण गर्ने विषयमा अन्योलमा परेको छ । तेह्र विभाग रहेको कामपाले विभिन्न सात स्थानबाट नागरिकलाई सेवा दिइरहेको छ । यसरी फरक फरक स्थानबाट सेवा प्रवाह हुँदा नागरिक मर्कामा पर्नाका साथै काममा प्रभावकारिता देखिएको छैन ।

केन्द्रीय कार्यालय निर्माण गर्ने भनिएको भूकम्पअघि कार्यालय रहेको हरिहर भवनमा तत्काल अर्को भवन निर्माण गर्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस