९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै

अ+ अ-

काठमाडौं  । लामो समयसम्म समस्यामा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेका छन् ।

ती आयोजनाले केही दिन भित्रै विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ । निर्माण व्यवसायीको अवरोध, ‘गोरखा भूकम्प’, भारतको नाकाबन्दी जस्ता समस्यामा फसेका माथिल्लो त्रिशुली थ्री बी र कुलेखानी तेस्रो आयोजनाले विद्युत् उत्पादनको अन्तिम तयारी गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्रि ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको हो ।

कुलेखानी तेस्रोको कूल चार दशमलव दुई किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिसकिएको छ । यस्तै माथिल्लो त्रिशूली थ्रि एको करीब ५ किलोमिटर लामो मुख्य सुरुङमा आजदेखि बुधबारबाट पानी पठाएर परीक्षण शुरु गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘अनेकन समस्या झेल्दै करीब करीब रुग्ण बनेका दुई आयोजना निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको छ’, हर्षित मुद्रामा कार्यकारी निर्देशक घिसिङले भने, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौँ, यो आयोजनको महत्पूर्ण उपलब्धी हो । विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरणको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन्, केही समयभित्रै विद्युत् उत्पादन शुरु हुन्छ ।’

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो ।

विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले सो आयोजनामा एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको काम प्रभावित भएको थियो ।

प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभाशकुमार मिश्रले बताए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करीब ५०० मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत् उत्पादन प्रभावित हुँदैन’, उनले भने

मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाब र खानी खोलाको थप पानी प्रयोग गरिएको छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको सहायक आयोजना हो । नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको शुरुको लागत रु २ अर्ब ३३ करोड थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत दोब्बरले बढेर रु ४ अर्ब ६३ करोड पुगेको छ ।

यस्तै रसुवा र नुवाकोटको सीमामा निर्माण भइरहेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् यही १७ वैशाख भित्रै उत्पादन गर्ने तयारी गरिएको छ ।

आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । उनका अनुसार मुख्य सुरुङमा पानी परीक्षण शुरु भएको छ ।

‘यही १७ वैशाख भित्रमै एउटा युनिटबाट विद्युत् उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’, उनले भने । त्यस्तै आयोजनाको दोस्रो युनिटबाट ३० मेगावाट विद्युत् आगामी असारभित्र उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रसारण लाइनसहित कूल लागत करीब रु १२ अर्ब ६० करोड रहेको सो आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो ।

भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको थियो । पछि भारतको नाकाबन्दीका कारण आयोजनाले थप समस्या भोगेको थियो ।

प्रतिक्रिया दिनुहोस