१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अष्टधातुबाट बन्ने शिवमूर्तिले देवघाटको गरिमा बढाउँछ : नेता खनाल

अ+ अ-

काठमाडौं । चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न आजदेखि काठमाडौँको पशुपतिमा महायज्ञ शुरु भएको छ ।

शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि झण्डै रु ८ करोड लाग्ने भएकाले अर्थ र धातु सङ्कलनका लागि महायज्ञ थालिएको आयोजक देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।

यही वैशाख ११ गतेसम्म चल्ने उक्त महायज्ञको आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले उद्घाटन गरे। उनले विश्वकै हिन्दूहरुको आस्थाको केन्द्र देवघाटधाममा अष्टधातुबाट निर्माण हुने शिवमूर्तिले सो क्षेत्रको गौरव र गरिमा बढाउने उल्लेख गरे।

भाषा र संस्कृतिको विविधता भएको नेपाल दुई ठूला छिमेकीको बीचमा रहेकाले आफ्नो पहिचान जोगाउन आफैँ जुट्नुपर्ने भन्दै उनले नेपाल शिव भूमि, तपोभूमि र बुद्ध भूमि भएकाले विविधताका बीच एकता रहेको औँल्याए । नेता खनालले महत्वपूर्ण तीर्थस्थल देवघाटमा धार्मिक पर्यटन विकास गर्न स्थानीयको तत्परता सराहनीय रहेको बताउँदै भने, ‘तपाईहरुको पवित्र कार्य राष्ट्रको समुन्नत, पर्यटन विकास र संस्कृतिको उत्थानसँग जोडिएको छ, यस कार्यमा आफ्नोतर्फबाट सक्दो सहयोग रहने छ ।’

तीन वर्षमा निर्माण सक्ने गरी देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले धार्मिक क्षेत्रले समेत पर्यटन विकासमा ठूलो टेवा पुग्ने भएकाले उक्त अभियानलाई तीव्रता दिइएकाले सक्दो सहयोग गर्न उनले आग्रह गरे।

पशुपतिनाथस्थित हङ्स मण्डपमा शुरु ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’बाट रु तीन करोड सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिए। उनका अनुसार ११४ क्वीन्टल धातुबाट शिवमूर्ति निर्माण गर्नका लागि धातु सङ्कलन अभियानसमेत सँगसँगै गरिएको छ ।

सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजले महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तन, मन, धन र धातु सहयोग गरी पुण्य प्राप्त गर्न अनुरोध गरे।

महायज्ञमा रु १ लाख दान गर्ने संस्थापक सदस्य र रु ५ लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य तथा संरक्षक हुने व्यवस्था छ । अर्का पण्डित बालकृष्ण अर्यालले धार्मिक पर्यटन क्षेत्रले राष्ट्रलाई समृद्ध बनाउन सहयोग गर्ने भएकाले यस्ता क्षेत्रको प्रवर्द्धन जरुरी रहेको औँल्याए ।

उद्घाटन समारोहमा काभ्रेपलाञ्चोकको धुलिखेल निवासी बनाथकाजी र नुच्छेमाया श्रेष्ठले रु एक लाख ५ हजार, चितवन भरतपुर– २२ की दुर्गादेवी घिमिरेले रु १ लाख १ हजार र पण्डित ईश्वरकृष्ण महाराजले रु१ लाख सहयोग गरे ।

प्रतिक्रिया दिनुहोस