२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयले गर्‍यो स्वास्थ्यकर्मी नियुक्त

अ+ अ-

रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयले विद्यार्थीका लागि स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माध्यमिक विद्यालयले सो सेवा दिने भएको हो । आफ्नै स्रोतबाट स्वास्थ्यकर्मी नियुक्त गरी विद्यालयबाटै विद्यार्थीलाई नियमित स्वास्थ्य सेवा दिने भएको हो ।

शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी भर्ना गर्न विद्यालयले विज्ञापनसमेत प्रकाशित गरिसकेको छ । ‘अधिकांश समय बिताउने विद्यार्थीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचएस्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेका छौँ’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने, ‘विद्यालयमा अध्ययन गर्ने छात्राको महीनावारी व्यवस्थापन तथा अन्य विद्यार्थीसमेत व्यक्तिगत सरसफाइमा स्वास्थ्यकर्मीको सेवाबाट लाभान्वित हुनेछन् ।’

पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विज्ञापन प्रकाशित गरिसकेको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोखरेलले जानकारी दिए । “अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागि परिचालन गर्छौँ, केही समय बचे स्वास्थ्यकर्मीबाटै स्वास्थ्य शिक्षाको कक्षासमेत सञ्चालन गर्छौँ’, पोखरेलले भने।

वर्षको शुरु, बीच र अन्त गरी तीनपटक सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरणसमेत विद्यालयमा राखिने प्रधानाध्यापक पोखरेलले भनाइ थियो । “सामान्य औषधि तथा प्राथमिक उपचारका सामान विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा सिफारिश गर्ने गरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौँ”, पोखरेलले भने ।

जिल्लाको नमूना घोषित सो विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकले प्रतिक्रिया दिएका छन् ।

“जिन्दगीको लामो समय विद्यालयमा बिताउने विद्यार्थीको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो, जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको वोध गर्नु सकारात्मक हो, बालकल्याण मावि लिवाङका अभिभावक कुलबहादुर डाँगीले भने ।’

जिल्लाका स्रोत सम्पन्न अन्य विद्यालयले समेत यस कुराको अनुशरण गर्न जरुरी रहेको उनले बताए । सो विद्यालयमा दुई हजार ५०० विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस