१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीतन्त्र र कार्यशैलीमा परिवर्तन आवश्यक : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्र र कार्यशैलीमा पुरातन विचार र शैली हावी भइराखे त्यसले समग्र परिवर्तनलाई नै समाप्त पार्ने खतरा रहेको बताएका छन् ।

नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमबीचको एकता घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले आन्दोलन, संघर्ष र बलिदानको बलमा राजनीतिक परिवर्तन भए पनि जनताले अनुभूत गर्ने गरी परिवर्तनको सकारात्मक परिणति दिन नसकिएको यथार्थ सबैले स्वीकार गर्नुपर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘हामी प्रगतितर्फ होइन, दुर्गतितर्फ जाने गलत परम्परा यस पटक तोड्नु छ । राजनीतिक परिवर्तन र संविधानको मर्मअनुसार अघि बढ्न सक्नुपर्छ । यसतर्फ सबैका ध्यान जान जरुरी छ ।’

टेलिकमको विस्तारका लागि दुई कर्मचारी सङ्गठनबीचको एकता साधक हुने बताए । एकताले समग्र संस्थाकै शक्ति बढेको उल्लेख गर्दै उनले शक्तिको वृद्धिसँगै टेलिकमले प्रदान गर्ने सेवामा गुणस्तरीय र कार्यक्षमता वृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

सञ्चार प्रविधिको विकासबाट नै ठूल्ठूला क्रान्त्रि सफल भएको उल्लेख गर्दै उनले २१औँ शताब्दीको युगमा टेलिकमले पनि आफूलाई प्रविधिको प्रयोगमा खरो उतार्नुपर्ने बताए ।

उनले टेलिकमले सूचना प्रविधिका क्षेत्रमा आउने दिनमा गम्भीर ढङ्गले प्रस्तुत हुने र आफूलाई राष्ट्रिय हितको संवाहक र भरपर्दो संस्थाका रुपमा आफूलाई विकसित गर्ने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री दाहालले प्रतिस्पर्धामा खरो उत्रँदै आफूलाई सफल सावित गर्ने अवसर र चुनौतीका अगाडि टेलिकमले सूचना प्रविधि क्षेत्रमा विकसित प्रविधिको प्रयोग गर्दै आफ्ना प्रतिस्पर्धीलाई परारस्त गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सरकारी, निजी र सहकारीका बीचमा निकै ठूलो प्रतिस्पर्धा चलेको छ, अहिलेको युगमा प्रतिस्पर्धामा खरो उत्रन सकेनौँ भने कुनै पनि अर्थमा आफ्नो एकाधिकारलाई जबर्जस्ती थोपर्न सक्ने अवस्था छैन ।’

अध्यक्ष दाहालले भने, ‘म विगतदेखि नै टेलिकमका विभिन्न गतिविधिमा सहभागी भएको छु । चाहे प्रधानमन्त्री हुँदा होस्, विपक्षी दलको नेता या दलको नेताका रुपमा होस् यहाँको समस्याका बारेमा ‘धेरथोर’ जानकार छु ।

तपाईँहरुले आफूले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्नुस् । कर्मचारीको जायज चासोलाई सही ढङ्गले सम्बोधन गर्न सम्बन्धित मन्त्रालय र सरकारसँग पहल गर्छु । तपाईँहरु ढुक्क हुनुहोस् ।’

नेकपाका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिम्मेवार भएर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘कर्मचारीले माग मात्र राख्नेभन्दा पनि देश र जनताप्रति जिम्मेवार भएर लाग्नुपर्छ ।

तपाईँहरु गुणस्तरीय सेवा प्रदान गर्न खट्नुहोस्, कर्मचारीको न्यायोचित माग सरकारले सम्बोधन गर्छ ।” उनले टेलिकमले आरम्भ गरेका नौ आयोजनालाई तोकिएको समय सीमाभित्रै सम्पन्न गर्न सबैले एकताबद्ध भएर तीव्र गतिमा काम गर्नुपर्ने बताए ।

नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष धीरेन्द्रकुमार दत्तले टेलिकम र कर्मचारीप्रति जिम्मेवार भई सशक्त भूमिका खेल्न आग्रह गरे ।

एकतापछि बनेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनका प्रथम संयोजक लोकबहादुर कटुवालले कर्मचारीको हकहितका लागि संघर्ष जारी राख्दै संस्थाको उन्नति र प्रगतिको सारथी बन्न सङ्गठन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस