१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापतौलका यन्त्र दर्ता नगरिए कार्वाही

अ+ अ-

डोटी । जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले जिल्लामा व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिए।

व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ ।

व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारी दिए । नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय सिलगढीले जनाएको छ ।

जीर्ण टहरामा पढाइ बडीकेदार गाउँपालिका वडा नं २ बरउस्थित शिशुदर्पण आधारभूत विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या भएको छ ।

भवन अभावमा कतिपय विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको गाउँपालिका ५ स्यालीका बासिन्दा तथा शिक्षक धनबहादुर कलेलले बताए । उनले भने, ‘विद्यालयमा पर्याप्त मात्रामा कक्षा कोठा नै छैनन्, भएका जति पनि जीर्ण छन्, कतिबेला के घटना हुन्छ थाहै छैन ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विद्यालयमा पानी परेका समयमा विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बेचन चौधरीले बताए ।

केही दिन पहिले आएको हावाहुरीले विद्यालयको छानासमेत उडाएर लगेपछि झन् समस्या भएको प्रधानाध्यापक चौधरीले बताए । उनले भने, ‘विद्यालयमा भएका छाना त चुहिने थिए, त्यसमा पनि अस्तिको हावाहुरीले छाना नै उडाएर लगेपछि झनै बिजोग भएको छ ।’

विसं २०४६ मा स्थापित उक्त विद्यालयमा स्थापनाकालमै दुईकोठे टहरो तयार गरिएको भए पनि अहिले त्यो पूर्ण रुपमा जीर्ण भएपछि पठनपाठनमा बाधा भइरहेको गाउँपालिका वडा नं १ का दानबहादुर कलेलले बताए । उनले भने, ‘वर्षौँ पहिले विद्यालय निर्माण भएको हो, सबै छाना जीर्ण भएका छन् कुन दिन भत्किन्छ र विद्यार्थी च्यापिएको खबर सुनिन्छ ।’

हिजोआज बेलाबखत सामान्य पानी परिरहेकाले वार्षिक परीक्षा सञ्चालनका बेलामा समेत समस्या भएको शिक्षक बताउँछन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा कूल ६४ विद्यार्थी छन् । आफ्नो विद्यालयको समस्या कसैले पनि नबुझिदिएको र भवन दिनसमेत कसैले पहल नगरेको भन्दै स्थानीयवासी आक्रोशित छन् ।

प्रतिक्रिया दिनुहोस