१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही’

अ+ अ-

अत्तरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति कैलालीले आज आयोजना गरेको स्वागत तथा अन्तक्रिया कार्यक्रममा उनले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जान नमान्नेलाई कारवाही गरिने बताए ।

राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्ने भन्दै उनले कर्मचारीले गैरजिम्मेवार बन्न नहुनेमा जोड दिए । उनले कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको उल्लेख गर्दै भने, ‘गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ ।’

कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उनले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए । उनले समायोजनको काम नसकिएसम्म भर्ना खोल्ने बाटो नखुल्ने भएकाले असारसम्म टुङ्ग्याउन जरुरी रहेको उल्लेख गरे ।

मन्त्री पण्डितलाई कैलालीका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कामको चटारोको बेला कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरेका थिए ।

यसैगरी आजै बिहान जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा मन्त्री पण्डितले यहाँका कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस