१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवती महिलाका घरमा पहेँलो झण्डा

अ+ अ-

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् ।

गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासी घरमा झण्डा गाडिएको हो ।

सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए ।

गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए ।

वडामा रहेका गर्भवती महिलाका घरमा पहेँलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनले बताए ।

झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीले बताए ।

वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरुको पोषणमा पहुँच पुर्‍याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उनको भनाइ छ ।

घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरूपमा गर्भजाँच गराए/नगराएको बारेमा, पोषिलो खानेकुरालगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताए ।

हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ ।

प्रतिक्रिया दिनुहोस