५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीका गुनासा तत्काल समाधान गरिने

अ+ अ-

काठमाडौँ । कर्मचारी समायोजनबारे गुनासाहरू तत्काल सम्बोधन गरिने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा गुनासो व्यवस्थापन समितिका संयोजक रूपनारायण भट्टराईले समायोजनका क्रममा कर्मचारीबाट आएका गुनासाहरूलाई तत्काल सम्बोधनको प्रयासमा मन्त्रालय रहेको बताएका हुन्

गत बिहीबार सिंहदरबारमा आयोजित ‘समायोजन समापन’ समारोहमा सञ्चारकर्मीका जिज्ञासाहरूको उत्तर दिँदै भट्टराईले समायोजित कर्मचारीको गुनासोहरूलाई ११ वटा कलस्टरमा विभाजित गरेको बताए ।

‘हामीले सबै गुनासोहरूलाई ११ वटा क्लष्टरमा विभाजित गरेका छौँ ।’ उनले भने, ‘प्रत्येक कलस्टरमा एक-एक जना उपसचिवको नेतृत्वमा समायोजित कर्मचारीहरूले भरेको फर्म, निवेदन, दाबी र गुनासोलाई मिलाउने प्रयास गरेका छौँ ।’
भट्टराईले कर्मचारी समायोजनको सिलसिलामा चैत १४ गतेसम्म ७ हजार ६ सय गुनासो निवेदन परेको जानकारी दिएका छन् । यस्तो निवेदन चैत २० गतेसम्म आई रहन सक्ने उनले बताएका छन् ।

प्राप्त गुनासाहरूमा सबैभन्दा धेरै ऐनमै व्यवस्था भएको श्रीमान् श्रीमती एकै ठाउँमा भएनन् भन्ने गुनासो, कडा रोग लागेका कर्मचारीको गुनासो, स्थायी ठेगाना बमोजिम समायोजन भएन भन्ने गुनासो तथा फाराम भर्न छुटेको, नजानेको, थाहा नपाएको रोजेको स्थानमा समायोजन हुन पाउँ लगायत खालका गुनासाहरू रहेका छन् ।

त्यस्तै भट्टराईले रिक्त रहेको दरबन्दीमा स्थानीय तहबाट-स्थानीय तह, प्रदेशबाट–प्रदेशमा मिलेसम्म मिलाउने प्रयासमा रहेको समेत बताएका छन् ।

गुनासो समितिको बैठक निरन्तर बसिरहेको र गुनासाहरू आउने क्रम पनि जारी रहेकोले चैत्र २५ सम्म सबै टुँग्याउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस