१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील महिला पत्रकारको जीवनी सार्वजनिक

अ+ अ-

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले लामो समयदेखि पत्रकारिताका माध्यमबाट राष्ट्रको विकासमा योगदान पुर्‍याएका १५ महिला पत्रकारको जीवनमा आधारित कृति सार्वजनिक गरेको छ ।

डब्लुडब्लुजेले आज आयोजना गरेको कार्यक्रममा ‘क्रियाशील पत्रकार महिला’ नामक जीवनीको राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सार्वजनिक गरेकी हुन् । उनले पछाडि परेका वर्गका आवाजलाई पत्रकारिताको माध्यमबाट प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सूचनाबाट विमुखी नागरिकलाई सुसूचीत गर्न आग्रह गरिन् ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले महिला पत्रकारको सङ्ख्यात्मक उपस्थिति पनि बढाउनुपर्नेमा जोड दिँदै पत्रकार महासंघदेखि सबैले त्यस विषयमा ध्यान दिनुपर्ने बताए ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपालको पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याएका महिला पत्रकारको जीवनी निकाल्नु महत्वपूर्ण भएको र यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महिलालाई नेतृत्व तहमा ल्याउन महासंघले विधान संशोधन गरेको र आगामी दिनमा पत्रकार महिलाको गुणात्मक तथा सङ्ख्यात्मक वृद्धि हुने विश्वास व्यक्त गरे ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले लामो समय नेपाली पत्रकारितामार्फत धेरैको जीवनी लेखेका महिला पत्रकारको आफ्नै जीवनी कस्तो थियो, त्यो अध्ययन गरेर अरुलाई पनि प्रेरणा मिल्ने उद्देश्यले सो कृति प्रकाशन गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।

कृतिमा राष्ट्रिय समाचार समितिका पूर्वमहाप्रबन्धक निर्मला शर्मा र पूर्वनायव महाप्रबन्धक सरला सङ्ग्रौला, गोरखापत्र दैनिकका नायब महाप्रबन्वक हरिकला अधिकारी, पत्रकार बबिता बस्नेत, आरती चटौत, सङ्गीता लामा, लिला शाह, रीता गुरुङ, राधा अधिकारी, रमा पराजुली, रम्यता लिम्बु, प्रेमकुमारी पन्त, नेपालको पहिलो फोटो पत्रकार उषा तितिक्षु, अन्जना ताम्ली र अक्षरी पोखरेलको जीवनी रहेको छ ।

जीवनीमा नेपाली पत्रकारिता गर्दाका अनुभव, पत्रकारिता गर्दाका संघर्ष, परिवार र बच्चालाई व्यवस्था गरेर गर्नु पर्दाका कठिनाइ जस्ता विषयवस्तु उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस