काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग कपनले २ किलो चरेस सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यही १२ गते १४:४५ बजे बुढालिकण्ठ नगरपालिका-१० कपनबाट भक्तपुर बस्ने मुगु खत्याड गाँउपालिका-१ का रूप बहादुर बुढालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुढालाई चेकजाँच गर्दा निजको साथबाट २ किलो चरेस बरामद गरेको छ । चरेस सहित निज लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ