डोटी । जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारी बालीमा नोक्सानी गरेको छ ।
सोमबार साँझ परेको असिनाले बडिकेदार, बोगटान, जोरायल, केआइ सिंह, सायल, पूर्वीचौकीलगायत गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पु¥याएको सायल गाउँपालिकाका माधव ओझाले बताए ।
उनले भने, ‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना प¥यो हाम्रो त गहुँखेती, तोरीबाली र तरकारी बाली सखाप पार्यो ।’
गत महिना बाक्लो हिमपात भएका कारण गहुँलगायत अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पु¥याएपछि निराश भएका छन् ।
असिनाले किसानले लगाएका तरकारीलगायत टमाटर खेतीमा समेत नोक्सानी पुर्याएको बताइएको छ । डोटीमा यस पटकसहित दुई चोटि वर्षासहित असिना परेको छ ।