११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुनाटपरीबाटै आत्मनिर्भर

अ+ अ-

वीरेन्द्रनगर । वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमानकै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ ।

उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । ‘पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरुकै भर पर्नुपथ्र्यो,’ उनले भनिन् – ‘आजभोलि आफैंसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुनाटपरी बनाउन थालें । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।’ अहिले आफू मात्र होइन अन्य व्यक्तिलाई समेत रोजगारी दिन सकेकामा उनी खुशी छिन् ।

नन्दासँगै कृष्णा रोकाय पनि उद्योगमा आउँछिन् । महीना दिनसम्म काम गरेपछि तलब बुझ्छिन् । यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उनलार्ई भ्याइनभ्याई छ ।

रोकायको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकी मात्र हैन, जीवनशैली नै फेरिएको छ ।
चार वर्ष यता नन्दा र कृष्णा मात्र होइन सोही गाउँकै हरिकला रम्तेलले पनि दुनाटपरी उद्योगमै रोजगारी पाएकी छन् । उद्योगमा काम गरेबापत उनीहरुलाई मासिक सात हजार रुपैयाँसम्म दिइएको छ ।

‘दिनभरको खेर जाने समयको सदुपयोग भएको छ, उद्योगमा रोजगारी पाएका छौं’ हरिकलाले भनिन् –’त्यति मात्र होइन यहाँ आएपछि दिदीबहिनीहरुसँग भेटघाट हुन्छ र सुखदुःखका कुराहरु पनि साटासाट हुन्छ ।’ उद्योगमा आएदेखि आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछिन् ।

चार वर्ष अघि गाउँमा गठन गरिएको महिला समूहमार्फत आयमूलक कुनै न कुनै उद्यम सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो यो समूहलाई । छलफल पछि दुनाटपरी उद्योग सञ्चालन गर्ने निधो भयो । त्यस लगत्तै उद्योग सञ्चालनका लागि यो समूह जुट्यो । रामजानकी दुनाटपरी उद्योगमार्फत यस समूहका सदस्यहरुले लगातार दुनाटपरी बनाउँदै आएका छन् ।

शुरुमा पाँच/सात जना मात्रै रहेको यो समूहमा उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । विसं २०७१ यता श्रीनगरका यी महिलाले उद्योगमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले यहाँ मध्याह्न १२ बजेदेखि चार बजेसम्म टपरी बनाउने काम हुन्छ ।

उनीहरुले पातका लागि गाउँकै सामुदायिक वनसँग सम्झौता गरेका छन् । उद्योगमा ठूला र साना दुईथरीका टपरी र दुनाहरु बन्छन् । ठूलो टपरीलाई प्रतिगोटा दश रुपैयाँ र सानोलाई ३/४ रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, दुना प्रतिगोटा एक रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।

‘अचेल टपरी र दुनाको माग अत्यधिक छ तर, पुर्‍याउन सकिएकै छैन ।’ हरिकलाका अनुसार दुनाटपरीका लागि बजार अभाव छैन । उनले भनिन् – ‘व्यवसायीहरु उद्योगमै लिन आउँछन् तर, सालको पातको अभावका कारण भने उत्पादन बढाउन सकिएको छैन ।’

यस उद्योगमा दैनिक २०० वटा टपरी र ३०० वटा दुना उत्पादन हुन्छ । यति उत्पादनले बजारको माग भने नधान्ने महिला उद्यमीहरु बताउँछन्

प्रतिक्रिया दिनुहोस