११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीको समस्या टार्दै इच्छाकामना

अ+ अ-

चितवन । हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् ।

चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ ।

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ ।

सोही ट्याङ्कीबाट करीब १५० मिटरमाथि पाइप बिच्छ्याएर १८ हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गरिँदै आएको छ ।

लेवाटार केवलकार खानेपानी आयोजनाका अध्यक्ष लीलाबहादुर मगरका अनुसार सो ट्याङ्कीबाट लेवाटारको तल्लो भागमा राखिएको ७० हजार लिटरको ट्याङ्की र रमाइलो डाँडामाथिको २० हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गर्ने गरिएको छ ।

तीनै दुई ट्याङ्कीबाट लेवाटार, केवलकार र बाबाधामका झण्डै ३०० परिवारलाई पानी वितरण गरिएको उनले बताए । यस वर्षबाट हिउँदको सममया स्थानीयवासीलाई समस्या नहुने मगरले बताए ।
इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले आफू अध्यक्ष भएलगत्तै त्यहाँका जनतालाई पानी पुर्‍याउन काम गरेको बताए ।

गाउँपालिका, नेपाल ग्रामीण पुनःनिर्माण संस्था र स्थानीय जनसहभागिता गरी रु १८ लाख ६७ हजार ५५० मा आयोजना सम्पन्न गरिएको हो । यसअघि नै पानीको ट्याङ्की निर्माण भइसकेको थियो ।

पहिला देखिको खर्च हिसाब गर्दा करीब रु २७ लाख खर्च भएको अनुमान गरिएको छ ।

त्रिशूली किनारको पानी ट्याङ्कीभित्र १० हर्षपावरको मोटर जडान गरिएको छ । सो मोटरलाई सोलारबाट सञ्चालन गरिएको छ । पृथ्वी राजमार्ग क्षेत्र भएकाले त्यहाँ रहेका होटल पनि लिफ्ट गरेर पानी तानेसँगै लाभान्वित भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ को ढुङ्गे र वडा नं– १ को ज्यानदालामा पनि यस्तै लिफ्टिङ खानेपानी योजनाको काम अघि बढाएको अध्यक्ष गुरुङले जानकारी दिए।

गाउँपालिकाको सबै क्षेत्र पहाडी भएकाले पहिलो प्राथमिकता पानी भएकाले जनतालाई पानी खुवाउने काममा आफू लागिपरेको गुरुङ्ले बताए ।

प्रतिक्रिया दिनुहोस