११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून बनाउन प्रदेश सरकार छलफलमा : मन्त्री बोहरा

अ+ अ-

परशुराम । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले प्रदेश सरकाले अझै धेरै कानून निर्माण गर्न नसकेको बताएका छन् । उनले थुप्रै कानून बनी केही प्रकाशन भएको, केही माथि छलफल भइरहेको र केही संसद् सचिवालयमा दर्ता भइसकेको बताएका छन् ।

बिहीबार नेपाल बार एशोसिएसन एकाइ डडेल्धुराको १०औँ जिल्ला अधिवेशनमा मन्त्री बोहराले कानून निर्माणमा ढिलाइ भएको भन्दै विभिन्न समयमा टीकाटिप्पणी हुने गरेको बताए ।

‘कानून बनाउन ढिलाइ भयो, प्रदेश सरकार गठन भएको एक वर्ष भइसक्यो झन् स्थानीय सरकार आएको २ वर्ष हुन लागिसक्यो यति ढिलो किन भन्ने गुनासो हामीले सुनेका छौँ’, उनले भने, ‘तर कानून सङ्ख्यामा बनाएर थन्क्याउने चिज होइन, धेरै छलफल तथा सुझबुझ तरिकाले विषयवस्तुमा आधारित भएर बनाइन्छ ।’

कानून बनाउन समय र मेहनत लाग्ने उनको तर्क थियो । ‘कानून बनाइसकेपछि त्यसलाई तुरुन्तै परिवर्तन गर्न, परिमार्जन गर्न र तत्काल संशोधन गर्न सकिने विषय होइन,’ उनले थपे ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री बोहराले प्रदेश सरकारलाई हस्तान्तरण गरिएका योजना संघीय सरकारले नै दिने गरेको बताए ।

‘माथि संघीय सरकारको अड्डामा बसेका कर्मचारीले सेवाग्राहीलाई तलबाट सिफारिस गरेर ल्याए यतैबाट बजेट दिन्छौँ भनेर भनिरहेको अवस्था छ’, उनले भने ‘त्यहाँ मागेर दिने बजेट हामीलाई दिन सक्यो भने त त्यो बजेटलाई हामीले कार्यान्वयन गरिहाल्छौँ नि, तर त्यस्तो भएको छैन यो संघीयतासँग मेल खाने कुरा होइन ।’ प्रदेश सरकारलाई हस्तान्तरण भएका योजना आफूलाई नै सम्पन्न गर्न दिनुपर्ने उनको भनाइ थियो ।

सुदुरपश्चिम प्रदेशका मुख्य अधिवक्ता कुलानन्द उपाध्यायले सुदुरपश्चिम सरकारले १६ कानून निमार्ण गरी प्रकाशित गरेको बताए । केन्द्रबाट १६ कानून छापिएर आइसकेको, दुई कानून पास भइसकेको र चार कानूनको मस्यौदा तयार भई प्रदेशसभामा गएको उनले जानकारी दिए ।

उनका अनुसार ४५ कानून मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भई अगाडि बढेका छन् । पच्चीस कार्यविधि बनेको, चार नियमावली पास भएको र १६ कार्यविधिमाथि छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस