११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अङ्गीकृत नागरिकताको विषयमा सहमति जुटाउन उपसमिति गठन

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

उपसमितिमा संघीय संसद्मा रहेका अधिकांश दलको प्रतिनिधित्व हुने गरी सांसद विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहेका छन् ।

उपसमितिलाई २ साताभित्र सबै दलका शीर्षनेतासँग छलफल गरी नागरिता प्राप्तिमा सहमति हुन नसकेका सबै विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्ने कार्यभार दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सांसद यशोदा सुवेदी, नवराज सिलवाल, रामसहायप्रसाद यादव, प्रेम सुवाल, मीना पाण्डे, रेखा शर्मा, झपट रावल, अमरेशकुमार सिंह, दिलेन्द्रप्रसाद बडू, पम्फा भुसाल, वृजेशकुमार गुप्ता, राजेन्द्र श्रेष्ठ र महेश्वरजङ्ग गहतराजले प्रतिवेदनमा भएका नागरिकता प्राप्तिका विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस