११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली चित्रकला सिक्दै चिनियाँ कलाकार

अ+ अ-

काठमाडौं । नेपाली कला, संस्कृति र प्रकृतिमा नलोभिने पर्यटक सायदै होलान् । मन्दिरै–मन्दिरको शहरका रुपमा परिचित उपत्यका काठमाडौँ घुम्ने चाहना विदेशी पर्यटकको हुन्छ । काठमाडौँ घुम्नै पर्ने शहरको सूचीमा समेत परेको छ ।

प्यागोडा शैली र कुँदिएका टुँडाल तथा आकर्षक भौतिक संरचनाले विदेशी नागरिकको मन छुन्छ । नेपालको पशुपतिनाथ, स्वयम्भू, दरबार स्क्वायर, हिम शृङ्खला, पहाडी प्रकृति र संस्कृति, विश्व शान्तिका प्रतीक भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी, पर्यटकीय क्षेत्र कास्की, चितवनलगायत ठाउँमा पर्यटक घुमेर रमाउँछन् ।

यसरी नेपाली कला र संस्कृतिमा रमाउने मध्यका एक छन् चिनियाँ चित्रकार सी यिछी । नेपाली चित्रकला र कलाकारको चित्रकारितामा लोभिएका चीनको सान्दोङ निवासी सी यिछी त्यहाँको चित्रकलाका शिक्षक छन् । ‘नेपाली कला र संस्कृति साह्रै राम्रो, ललितपुरको पाटनस्थित दरबार स्क्वायरमा चित्रकला सिक्दै गरेका ‘सी’ले संक्षिप्त प्रतिक्रिया दिए ।

उनीलाई अङ्ग्रेजी र नेपाली दुवै भाषा आउँदैन । कसैसँग कुरा गर्नुपर्दा मोबाइलमा भएको सफ्वेयरमा चिनियाँ भाषा टाइप गर्छन् । त्यसलाई अङ्ग्रेजीमा रुपान्तरण गरेर कुराकानी गर्छन् । एक हप्ता अघिदेखिको उहाँको दिनचर्या यसैगरी बितिरहेको छ । उहाँलाई सहयोग गरिरहेका छन् , नेपाली चित्रकार एनवी गुरुङले ।

‘मलाई गुरुङले जल रङबाट बनाएको चित्र औधी मन पर्छ, उनी एक अन्तर्राष्ट्रिय आर्ट मास्टर नै हो, म आर्ट टिचर भए पनि उनको त्यो कला सिक्न चाहन्छु’, उनले चिनियाँ भाषामा पठाएको मोबाइल सन्देश भने । नेपाली कला संस्कृति र भौतिक संरचनासँगै आकर्षक रहेको र यहाँका सर्वसाधारण सबै इमान्दार र सहयोगी लागेको भन्दै उनले यस्तो भएपछि नेपालमा पर्यटक आउन चाहने प्रतिक्रियासमेत दिए ।

चीनमा कलाकार धेरै भए पनि चित्रकारिताको शैली एकै खालको रहेको उल्लेख गर्दै ‘सी’ले नेपाली कलाकारको शैली फरक लागेर सिक्न आएको बताए । विगत ५ महीनादेखि नेपाली चित्रकार गुरुङसँग वि च्याटमा सम्पर्क भएको थियो ।’त्यसपछि उनी नियमित मलाई फलो गर्नु थाले, खै कसरी हो मेरो चित्रकलाले उनको ध्यान तान्यो, अनि सिक्नका लागि आए’, चित्रकार गुरुङले भने । उनले आफूले जानेका सबै सीप ‘सी’लाई सिकाइरहेका छन् ।

नेपालका मौलिक, पुरातात्विक र ऐतिहासिक महत्वका क्षेत्रमा पुगेर ‘सी’ले स्थलगत रुपमा चित्र बनाएरै नेपाली चित्रकला सिकिरहेका छन् । सोही सिलसिलामा उनी आज पोखरा पुगेका छन् । चीनमा उहाँ बढी तेल रङमा काम गर्छन् तर जल रङमा समेत उनले चित्र बनाउँदै आएका छन् ।

अहिले उनले जल रङको प्रयोग गरी नेपाली शैलीबाट मुहार चित्र र दृष्य चित्र सिकिरहेका छन् । अन्तर्राष्ट्रिय जल रङ समाज नेपालका अध्यक्ष एनवी गुरुङ भन्छन्, ‘प्रस्तुतीकरण महत्वपूर्ण कुरा हुन्छ, के मा केन्द्रित गर्ने त्यसमा भर पर्छ, टाढा हुँदा आकाश रङसँग मिलाउँदै पातलो पारेर जानुपर्छ, नजिक हुँदा ठूलो र गाढा बनाउँदै ल्याउनुपर्छ, लाइनको दुरान्तरका आधारमा सिद्धान्तमा रहेर चित्र कोर्नुपर्छ ।’

सअघि भारतका १५ कलाकार आएर नेपाली कला र संस्कृतिका चित्र क्यानभासमा उतारेका थिए । उनीहरुलाई त्रिकोणात्मक प्यागोडा शैलीका संरचनाले लोभ्याएको थियो । केही महिना अघि अन्तर्राष्ट्रिय जल रङ महोत्सवमा आएका सात देशका चित्रकारहरुले समेत नेपाली कला र संस्कृतिको खुलेर प्रशंसा गरेका थिए ।

उनीहरुमार्फत कलाको माध्यामबाट पनि नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विस्वास कलाकारहरुको छ । चित्रकारिताका लागि महिनै पिच्छे विदेशी चित्रकारहरु नेपाल आउने गरेका कलाकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस