११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझैँ सञ्चालन भएन धसिङ्गरे तेल उद्योग

अ+ अ-

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा धसिङ्गरेको तेल उत्पादन गर्न खुलेको उद्योग सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापना भएको १ वर्ष बिति सक्दा पनि तेल उत्पादन शुरु हुन नसकेको हो ।

उद्योगका संरचना र यन्त्र, उपकरण प्रयोगमा नआउँदै जीर्ण जस्तै देखिन थालेका छन् । उद्योगको संरक्षण र रेखदेखसमेत हुन सकेको छैन । स्थानीयको सक्रियता नदेखिएपछि सञ्चालनमा केही ढिलाइ भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

‘आउँदो वैशाखदेखि तेल उत्पादन शुरु गर्ने तयारीमा छौँ’, उद्योगका अध्यक्ष दल थापाले भने, ‘गत वर्ष संरचना बनाउँदैमा समय बित्यो ।’ जङ्गलबाट धसिङ्गरे निकाल्ने अघिल्लो याम (वैशाख–कात्तिक) अगावै उद्योग खुलेपनि तेल उत्पादन शुरु हुन सकेन ।

स्थानीय थामाको चुली सामुदायिक वनमार्फत उद्योग चलाउने योजना बनेपनि त्यसले मूर्त रुप लिएको छैन । कानूनी रुपमा उद्योग दर्ता गर्न पनि बाँकी रहेको अध्यक्ष थापाले बताए । यो वर्ष सबै प्रकृया र तयारी पु¥याएर तेल उत्पादन शुरु गरिने उनको दाबी छ ।

तत्कालीन जिल्ला वन कार्यालय बागलुङको रु पाँच लाख ५७ हजार र काठेखोला गाउँपालिकाको रु २ लाख बजेट उद्योग स्थापनामा खर्च भएको छ । जङ्गलमा खेर गइरहेको वनस्पति धसिङ्गरेबाट तेल उत्पादन गरेर बेच्ने लक्ष्यसहित उद्योग खोलिएको हो ।

मछिनो भनेरसमेत चिनिने धसिङ्गरेको पात र मसिनो डाँठलाई ‘डिस्टिलेशन’ प्रविधिबाट आगोमा पकाउँदा निस्कने बाफलाई चिस्याएर तेल बनाउने गरिन्छ । यसरी उत्पादित तेल प्रतिलिटर रु ६ हजारमा बिक्री हुने गरेको छ ।

जडिबुटी भनेर नचिन्दा यसअघि किसानले मछिनोलाई गोठमा वस्तुभाउलाई ओछ्याउने स्याउलाको रुपमा प्रयोग गर्दै आएका थिए । उद्योग सञ्चालन भएपछि गाउँलेले आयआर्जनको अवसर पाउने स्थानीयवासी गोपाल श्रीसले बताए ।

‘जतिसक्दो छिटो उद्योग चलाउने वातावरण बनाउनुपर्छ’, उनले भने,’गाउँको समृद्धिको आधार यो पनि बन्न सक्छ ।’उनले आफूहरुको समेत पहलमा उद्योग स्थापना गरेपनि सञ्चालनमा भइरहेको ढिलाइप्रति गुनासो गरे । उद्योग सञ्चालक समिति जिम्वेवार बन्नुपर्ने उनको भनाइ छ ।

उद्योग शुरु हुँदा गाउँका किसानको पनि आम्दानीको बाटो खुल्ने देखिन्छ । मछिनो सङ्कलन गर्ने र उद्योगसम्म ल्याउने काम किसानले गर्नेछन् । जस वापत तोकिएको पारिश्रमिक उद्योगले उपलब्ध गराउनेछ । स्थानीय सामुदायिक वनले पनि मछिनो निकाले वापत उद्योगबाट रकम पाउनेछ ।

२०० किलो धसिङ्गरेको पातबाट एक लिटर तेल उत्पादन हुन्छ । उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्समा प्रयोग हुने जनाइएको छ । नेपालमा उत्पादन हुने उक्त तेल विदेशमा समेत महङ्गो मूल्यमा निर्यात हुने गरेको छ । धम्जाको थामाको चुली र तीनचुले सामुदायिक वन क्षेत्रमा धसिङ्गरे प्रशस्त पाइन्छ ।रासस

प्रतिक्रिया दिनुहोस