११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनेभामा स्विस प्रेससँग ग्रेटर नेपालको संवाद

अ+ अ-

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले उसको स्वतन्त्रतासँगै स्वतन्त्र भएको नेपालको करिब ६०००० वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गर्नु स्वतन्त्रता र मानव अधिकार उल्लङ्घनको ठोस उदाहरण भएको बताएका छन् ।

नेपाली समय अनुसार हिजो राति करिब ९:३० तिर जेनेभाको ञस्विस प्रेस क्लबझमा ग्रेटर नेपाल , पन्जाब, मद्रास , मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा संघर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

बीबीसी , सीएनएन , स्विस टेलिभिजन र जेनेभामा फेब्रुअरी २५ देखि भइरहेको मानवअधिकार परिषद्को ४० औँ सत्रका गतिविधिबारे समाचार सङ्कलन गर्न आएका करिब डेढ दर्जन पत्रकारसँग संवाद गर्दै मोर्चाका अध्यक्ष नेपालले ९० वर्ष ब्रिटिश उपनिवेशविरुद्ध लडेको भारतले आफू स्वतन्त्र हुनासाथ त्यसरी नै र त्यतिबेलै स्वतन्त्र भएको नेपाली भूमिमा जबरजस्ती कब्जा जमाउनु मानवअधिकार , प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको चरम उपहास हो भन्दै ग्रेटर नेपालको अवधारणालाई स्पष्ट पार्ने प्रयास गरेको बताएका छन् ।

जेनेभाबाट आजज बिहान सबेरै हाम्रा संवाददातासँग टेलिफोनमा कुराकानी गर्दै मोर्चाका अध्यक्ष नेपालले पत्रकारहरूलाई ग्रेटर नेपालका नक्सा बाँड्दै आफूलाई संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक बताउने भारतले आजको २१ औँ शताब्दीमा उपनिवेशजस्तो अमानवीय , अप्रजातान्त्रिक र मानव स्वतन्त्रता विरोधी क्रियाकलाप देखाउनु निन्दनीय भएको बताएको भनेका छन् ।

उनले एकातिर भारतले भारतभित्रकै अल्पसंख्यकहरूमाथि धार्मिक विभेद र छुवाछूतको व्यवहार गरिरहेको छ भने अर्कातर्फ नेपालमा आफ्नो अर्धसैनिक बल राखेर नेपाली जनतालाई त्रास र मानसिक पीडामा राख्तै आएको पनि बताएको भनेका छन् । भारतले सैनिक बलको आडमा प्रजातन्त्र र स्वतन्त्रताको गला दबाइरहेको आरोप लगाउँदै ग्रेटर नेपालका अभियन्ता नेपालले नेपाली भूमिमा भारतीय उपनिवेशको अन्त्यका लागि सहयोग गर्न त्यहाँ उपस्थित अन्य प्रतिनिधिलाई आग्रह गरेको पनि बताएका छन् ।

उनले नेपालमा सडकमा ग्रेटर नेपालको आवाज उठाउँदा प्रहरीले पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने गरेको बताउँदै विश्व समुदायले तिरस्कार गरेको उपनिवेशजस्तो अमानवीय व्यवहारलाई भारतले अँगालिरहेकोमा मानवअधिकारको क्षेत्रमा लडिरहेकाहरूले यसको खुलेर भर्त्सना गर्न आग्रह गरेको पनि बताएका छन् ।

त्यहाँको प्रेस भेटघाटमा सहभागी अन्य प्रतिनिधिहरूले भारतले अल्पसंख्यकहरूमाथि अमानवीय व्यवहार गरेको प्रति अन्तर्राष्ट्रिय जगत् को ध्यान जानुपर्ने भनेको मोर्चाका अध्यक्ष नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस