१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदर समाउन नयाँ प्रविधि

अ+ अ-

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ । बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौँको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।

शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाएँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उहाँका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो ।

बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिए । स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताए ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५/७६ मा रु रु १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ । पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस