१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रावतले कानून उल्लङ्घन गरे कानूनी दायरामा ल्याउँछौँ : महान्यायाधीवक्ता खरेल

अ+ अ-

दाङ । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले उच्च सरकारी वकिल कार्यालय पीडितको अड्डा भएकाले पीडितलाई न्याय र पीडकलाई कानूनी दायरामा ल्याउने कार्यमा थप प्रभावकारीरुपमा काम गर्नेुपर्ने बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरको नयाँ कार्यालय भवनको आज उद्घाटन गर्दै उनले पििडतलाई न्याय दिलाउन मुद्दा गम्भीर भएर अभियोजन, अनुसन्धान भए मात्र अदालतले पीडितका पक्षमा फैसला गर्ने भएकाले तीनवटै निकायबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए।

उनले न्यायलयले न्यायपूर्ण समाज निर्माण गर्ने भएकाले सबैलाई न्यायपूर्ण काम गर्नसमेत आग्रह गरे । सो अवसरमा महान्यायाधिवक्ता खरेलले अविभाज्य तथा अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोजे कानूनी दायरामा ल्याइने बताए ।

नेपाल सरकार र सिके रावत समूहबीच भएको सम्झौतालाई विभिन्न कोणबाट विश्लेषण हुने गरेको भन्दै महान्यायाधीवक्ता खरेलले सम्झौताविपरीत काम गरे उक्त समूहलाई कानूनी दायरामा ल्याइने बताए ।

उनले भने, ‘अहिले उक्त समूहसँग सम्झौता भएपछि सरकार छ, कि छैन भनेर प्रश्न उठिरहेको छ, यदि अखण्ड नेपाललाई कसैले टुक्र्याउन खोज्छ भने राज्य र अदालतले कानूनी दायरामा ल्याउछ ।’ कानून उल्लङ्घन गरे फेरि पनि उक्त समूहलाई कानूनी दायरामा ल्याइनेसमेत उनले बताए । सहन्यायाधिवक्ता थलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका नेता शान्ता चौधरीले न्यायालय जनताप्रति बफादार हुनुपर्ने बताए ।

रु चार करोड ३९ लाख ६५ हजार लागतमा निर्माण भएको उक्त भवन निर्माणको काम विसं २०७४ पुसमा सम्पन्न भएको हो । ४ तला रहेको उक्त भवनका ४३ कोठा रहेका शहरी भवन डिभिजन कार्यालयका प्रमुख परीक्षित कदरियाले बताए । उच्च सरकारी वकिल कार्यालयसँगै सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रदेश कार्यालय पनि सञ्चालित छ ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नहकुल सुवेदी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले नयाँ भवन निर्माणसँगै सेवालाई पनि चुस्त बनाउन अनुरोध गरे।

सहन्यायाधिवक्ता ईश्वरीप्रसाद बञ्जाडेले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण सहन्यायाधिवक्ता हरिभक्त पुन मगरले गरेका थिए । । त्यस अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस