१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशमा विकासको जागरण

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा विकासको जागरण आएको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोटमा सञ्चालित घरबास कार्यक्रमको आज शुभारम्भ गर्दै उनले घरबासले गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आफ्नो थातथलोमा बसेर स्वरोजगार बन्दा गाउँको मुहारै फेरिने बताउँदै उनले गाउँ छाडेर विदेश जानेलाई अहिले भने गाउँ सम्झेर बाडुल्की लाग्न थालेको उल्लेख गरे । घरबास कार्यक्रमले संस्कृतिको जर्गेना गर्दै प्रकृतिले दिएको बरदानलाई समृद्धिसँग जोड्न सहयोगी बनेको उनले बताए ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले सरकारले प्रत्येक जनताको आय ५ वर्षमा पाँच हजार डलर पुर्‍याउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको बताए ।

अर्का प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले अर्मलाको सडकलाई जीर्णोद्धार गर्नसके यस क्षेत्रको विकास निर्माण र आर्थिक समृद्धिका लागि घरबासको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

घरबास सञ्चालन समितिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक नरेश गुरुङ, सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक खोजबहादुर गुरुङ, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ, अर्मला गाउँ पर्यटन प्रवर्द्धनका अध्यक्ष बबिता गुरुङलगायतले घरबासका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस