१३ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासको युग शुरु भयो : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब विकासको युग शुरुआत भएको बताएका छन् ।

कास्कीको रुपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय प्रथम अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता’को समापन समारोहमा उनले देशका तीनै तहका सरकार विकास र समृद्धिमा एकजुट भएर लागेकाले विकासको युग शुरु भएको बताए ।

अहिलेका तीनै तहका सरकार जनताको आवश्यकताअनुसार कानून, बजेट तथा आवश्यक नीति निर्माणमा स्वायत्त भएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘विगतमा ३/४ लाख बजेट आउने स्थानीय निकायमा अहिले करोडौँको बजेट छ । बजेट कार्यक्रमका लागि माथिको मुख ताक्नुपर्ने अवस्था नभएकाले योजना निर्माण र आफ्नो काम आफैँ गर्न सक्छन् । अब विकासको युग शुरु भयो ।”

मुख्यमन्त्री गुरुङले ठूला आयोजना सञ्चालन र विदेशी सहयोग ल्याउने काम संघीय सरकारको भएको तथा प्रदेश र स्थानीय सरकारले नजीकबाट आवश्यकताको आधारमा योजना तर्जुमा र कार्यान्वयन गर्ने भएकाले अब विकास सम्भव भएको स्पष्ट पारे ।

प्रदेश सरकारले आवश्यक कानून, कार्यविधि र आधार तयार गरिरहेकाले कामको नजिता नदेखिएको भन्दै उनले भने, ‘प्रदेश सरकार अहिले गर्भमा छ । ५, १२ र २५ वर्षको योजना निर्माण गरिरहेका छौँ । अहिले सरकारको मूल्याङ्कन गर्न हतारो नगरौँ, अर्को वर्ष सरकारको उपस्थिति कहाँ छ देख्नुहोला ।’

संविधानसभाका सदस्य कृष्णबहादुर गुरुङले रुपा गाउँपालिका पर्यटन र कृषिमा अग्रणी भएपनि बजार झर्ने प्रवृत्ति नरोकिएकाले गाउँघर खाली हुने अवस्था आएको चिन्ता व्यक्त गरे । उनले गाउँमै स्वरोजगार र आम्दानीका अवसर सिर्जना गर्नुपर्ने भनाइ राखे ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री नमूना कृषि गाउँ, खानेपानी, सडकलगायत पूर्वाधार निर्माणमा बजेट विनियोजन भएकाले त्यसको समयमै कार्यान्वयन गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाले सडक, खानेपानी र सामाजिक विकासको क्षेत्रमा नमूना कार्य गरेको चर्चा गरे । गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी दुई वर्षभित्र गाउँपालिकाभित्रका ३ हजार २०० घरधुरीमा पिउने पानी र विद्युत्को व्यवस्था गर्ने गरी योजना निर्माण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस