१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक गतिविधिमा सहभागिता बढाउँदै मुसहर

अ+ अ-

बर्दिवास । पुस्तौंदेखि गरीबी, अशिक्षा र सामाजिक विभेदले गाँजेका महोत्तरी जिल्लाका मुसहर जाति अब सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुँदैगएका छन् ।

‘न साँच्ने धन, न राख्ने अन्न’ आहानमा उभ्याइने मुसहर अब बाक्लै सामाजिक, आर्थिक र शैक्षिक गतिविधिमा सरिक हुन लागेको देखिन्छ । भर्खर एकसाता पहिलेमात्र बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बिल्टु सादा मुसहर र उनकै कान्छा भाइ मञ्जे सादा मुसहरले चितवनमा निर्माण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा सहयोग भन्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई ५/५ हजारका दरले हस्तान्तरण गरे ।

कृषि मजदूरी गरेर जीवनयापन गर्दै आएका बिल्टु पछिल्ला केही वर्षयताभने ठेक्कामा जग्गा लिएर खेतीबाट अर्थोपार्जन गरेर सहकारीमा रकम जम्मा गर्न थालेका छन् । त्यसैगरी, उच्च शिक्षाआर्जन गर्न थालेका सो बस्तीका मञ्जे सादा पनि आफ्नै बस्ती वरिपरी ट्युशन पढाएर रकम आर्जन गर्दै छन् ।

यसैबीच यसै साता जिल्लाकै भङ्गाहा नगरपालिका–६ जमुनियाँका मुङ्गीलाल सादाले आफ्नो बस्तीमा प्रहरीचौकी भवन निर्माणका लागि एक/एक पैसा सञ्चय गरेर किनेको जग्गा नै दान गरे । मुसहर जातिका यी अगुवा सामाजिक गतिविधिमा सक्रिय सरिकता बढउँदै जानु सबैका लागि अनुकरणीय हुने भङ्गाहा–१ कै स्थायी बासिन्दा समाजशास्त्री शिवराज दाहाल बताउछन् ।

‘मुसहर भनेपछि कृषि कामका लागि बनीबुतो गरेर जीवनयापन गर्ने खास जाति बुझिन्छन्’ दाहालले भने, ‘तर, अब विस्तारै मुसहर समाजका विभिन्न रचनात्मक गतिविधिमा सरिक हुन लागेका देखिएको छ, यसले सकारात्मक सन्देश प्रवाह गर्दैछ ।’

स्वयं मुङ्गीलाल पनि आफुले प्रहरीचौकी निर्माणमा केही सहयोग गर्न पाएकोमा खुशी छन् । ‘हाम्रो जमुनियाँ चोकमा चोरी डकैतीलगायतका अपराधिक गतिविधि बढे, त्यसको नियन्त्रणका लागि यहाँ स्थापित प्रहरी चौकीलाई दिगो राख्न भवन निर्माणका लागि लक्ष्मेश्वरजी र मैले जग्गादान गरेका हौं ।’

सो बस्तीका मुङ्गीलाल सादा र लक्ष्मेश्वर यादवले यसैसाता गत बुधबारमात्र प्रहरीचौकी जमुनियाँको नाउँमा ५ कठ्ठा १२ धुर जग्गा पास गरेर सोको जग्गाधनी प्रमाणपूर्जा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई हस्तान्तरण गरो छन् ।

पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयमा पनि मुसहर बालबालिका भर्ना हुने क्रम बढेको छ । उज्यालो भयो कि काँधमा कोदालो भिरेर मुसा मार्न खेतचउर र वन पस्ने मुसहर बालबालिका अब विद्यालय आउन थालेका बर्दिवास–२ स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीप तिवारी बताउछन् । आफ्नो विद्यालयमा अहिले १५० भन्दा बढी मुसहर बालबालिका पठनपाठन गरिरहेका प्रधानाध्यापक तिवारीको भनाइ छ ।

भङ्गाहा–४ रामनगरको राष्ट्रिय आधारभूत विद्यालयमा पनि १०० भन्दा बढी मुसहर बालबालिका नियमित पढ्न आइरहेको सो विद्यालयका प्रधानाध्यापक रघुवीर साहले जानकारी दिए ।

आफुहरुको पछौटेपनप्रति राज्यसँग कुनै गुनासो नगर्ने मुसहर अब भने आफ्ना अवसरबारे सचेत हुँदै गएका छन् । स्थानीय तह, सरकारी निकाय र स्वास्थ संस्थामा अब सेवा लिन पुग्ने र पाउनुपर्ने सेवाबारे नयाँ पुस्ताका मुसहरमा निकै चासो बढ्न थालेको इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख विमल भट्टराई बताउछन् ।

विद्यालयमा नानी पढ्न पठाउने, आफ्ना नानीको पठनपाठन रुचिबारे शिक्षकसँग सोधपुछ गर्ने, स्वास्थ्य संस्थामा उपचार लिन जाने, स्थानीयतहमा आफ्नो समुदायका लागि गरिएका खास व्यवस्थाबारे मुसहरले जानकारी लिन थालेको यहाँका बुद्धिजीवीले नियालेका छन् ।

यसबाहेक अब अर्थोपार्जनका विभिन्न विकल्पको खोजी गर्दै सक्रिय हुने, रकम सञ्चय गर्ने र सामाजिक गतिविधिमा बढ्दो सहभागिताले मुसहर जातिको उत्थानमा बल पुग्दै गएको बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासका प्रमुख तोपबहादुर ठकुरी बताउछन् ।

प्रतिक्रिया दिनुहोस